back
CTIZAN AD

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

वि.सं.२०८३ असार ३ बुधवार

240 

shares
लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टेट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्षाले युरोपेली शेयर बजारमा वृद्धि भएको छ भने अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
मङ्गलबार लन्डन, पेरिस र फ्रान्कफर्टका प्रमुख शेयर सूचकाङ्क मध्यान्हसम्म करिब शून्य दशमलव पाँच प्रतिशतले बढेका थिए । विश्लेषकले अमेरिका–इरान तनाव कम हुने सङ्केतले लगानीकर्ताको विश्वास बढाएको बताएका छन् ।
व्यापार समूह एक्सटीबीकी अनुसन्धान निर्देशक क्याथलिन ब्रुक्सका अनुसार सम्झौता औपचारिक रूपमा हस्ताक्षर नभए पनि बजारमा यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टे«ट अफ हर्मुजबाट जहाज आवागमन पुनः सुरु भएको र प्रमुख समुद्री मार्ग शुक्रबारसम्म पूर्ण रूपमा खुला हुने बताउनुभयो । इरानी सञ्चारमाध्यमले पनि केही तेल ट्याङ्र तथा कार्गो जहाज उक्त मार्गबाट आवतजावत गरिसकेको जनाएका छन् ।
यसैबीच, अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो दिन घटेको छ । विश्व बजारको प्रमुख मानिने ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल करिब ८१ अमेरिकी डलरमा कारोबार भएको छ ।
यद्यपि, विश्लेषकले आपूर्ति अवस्थाबारे अझै अनिश्चितता कायम रहेकाले बजारमा उतारचढाव रहन सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी ऊर्जा विभागका अनुसार रणनीतिक तेल भण्डार गत साता सन् १९८३ यताकै न्यूनस्तरमा पुगेको छ, जसले आगामी दिनमा तेलको माग कायम रहने सङ्केत गरेको छ ।
यस साता प्रमुख केन्द्रीय बैङ्कको मौद्रिक नीतिगत निर्णयमा पनि लगानीकर्ताको ध्यान केन्द्रित छ । अमेरिकी फेडरल रिजर्भ र बेलायतको बैङ्क अफ इङ्गल्याण्डले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ ।
उता, जापानको केन्द्रीय बैङ्कले ब्याजदर सन् १९९५ पछिकै उच्चस्तरमा पु¥याएको छ ।
एसियाली बजारमा दक्षिण कोरियाको सियोल शेयर बजार करिब दुई प्रतिशतले बढेको छ । जापानको निक्केई–२२५ सूचकाङ्क पनि उकालो लागेको छ भने हङकङ र साङ्घाइका बजारमा गिरावट आएको छ ।(रासस/एएफपी)

वि.सं.२०८३ असार ३ बुधवार ०७:५९ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...