back
CTIZAN AD

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

वि.सं.२०८३ असार २४ बुधवार

81 

shares
कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । सरकारले घटनाको छानबिनका लागि आयोग गठन गर्नुका साथै आपराधिक अनुसन्धान पनि सुरु गरेको छ ।
सोमबार भएको झडपमा १०० भन्दाबढी व्यक्ति घाइते भएका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि कारागारभित्र सशस्त्र प्रहरी परिचालन गरिएको छैन । कारागारको बाहिरी सुरक्षाका लागि भने सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
न्यायमन्त्री हर्षना नानायक्काराले संसद्लाई जानकारी दिँदै घटनाको छानबिनका लागि सरकारी आयोग गठन गरिएको र समानान्तर रूपमा आपराधिक अनुसन्धान अघि बढाइएको बताए ।
प्रहरीका अनुसार प्रतिद्वन्द्वी लागूऔषध कारोबारमा सङ्लग्न समूहबीच कारागारभित्र झडप भएको थियो । झडपका क्रममा कैदीले केही सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हतियार खोसेपछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नानायक्काराका अनुसार दङ्गाका क्रममा कैदीहरूले कारागारभित्र जडान गरिएका सीसीटीभी क्यामेरासमेत तोडफोड गरेका थिए ।
अस्पतालका चिकित्सकका अनुसार गोली लागेका, धारिलो हतियारबाट घाइते भएका तथा अन्य गम्भीर चोटपटक लागेका ९७ जना नेगोम्बो अस्पतालमा उपचाररत छन् । तीमध्ये २३ जना कारागारका अधिकारी रहेका छन् । अन्य १९ जना कैदीको कोलम्बोस्थित अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीले केही कैदीलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा स्थानान्तरण गरिएको जनाएका छन् । कारागारमा रहेका विदेशी नागरिकलाई पनि सावधानीका रूपमा अन्यत्र सारिएको छ ।
घटनापछि श्रीलङ्काको कारागार प्रणालीमा रहेको अत्यधिक भीडभाडको समस्या पुनः चर्चामा आएको छ । सरकारी तथ्याङ्कअनुसार देशका कारागार निर्धारित क्षमताभन्दा करिब चार गुणा बढी कैदी राखेर सञ्चालन भइरहेका छन् । (रासस÷एएफपी)

वि.सं.२०८३ असार २४ बुधवार ०७:३९ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...