back
CTIZAN AD

नेजस नर्बेको १० औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

वि.सं.२०८३ असार २४ बुधवार

87 

shares

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस नर्बेको औँ रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताका संयोजक चक्र बिक्रम शाहीका अनुसार यही जुलाई १२ तारिकका दिन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
उक्त प्रतियोगिता जुलाई १२ का दिन सोनसभांगमा निर्धारित समय बिहान ९ बजे देखी सुरु हुने महामन्त्री रमेश सुबेदीले टिम बॉड फाड़को तालिका निर्धारण गर्ने क्रममा जानकारी दिए ।

स्वास्थ्य र मनोरन्जनको साथै नेपाली समुदायको एकता, सद्भाव, आपसी सद्भाव एब भाइचाराको सम्बन्ध र सामाजिक उत्तरदायित्व बढाउने उद्धेश्यले आयोजना गरिएको यस प्रतियोगितामा नेपाली समुदायका विभिन्न संघ संस्था र क्लब गरी पुरुषतर्फÞ १० वटा टिम सहभागिता रहने बताइएको छ ।

उक्त प्रतियोगितामा एन आरएनए, जेएस एस, ओएनएफÞ, नेपोस, मगर संघ ग्रिन, मगर संघ ह्वाइट, एभरेस्ट एड्रिसलॉग, नेपालय क्लव, हिमालय स्पाईकर नर्बे र एनएस आईडी टिम ड्रामेन सहित १० टिमले प्रतिस्पर्धा गर्दै छन भने महिलातर्फÞको टिम रजिस्ट्रेशन जारी रहेको आयोजकले जनाएको छ ।

सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीको सहयोगले प्रतियोगिताले पूर्ण सफलता प्राप्त गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन् ।
नर्बेको नेपाली जन समुदायमा धेरैको ध्यान खिच्न सफल यस भलिबल प्रतियोगिताले दशक पार गरेकोमा आयोजक कमिटीको तर्फÞबाट धन्यबाद ज्ञापन समेत गरिएको छ ।

समर समयको सदुपयोगको साथ धेरै संघसंस्थाको सहयोगले कार्यक्रम अझ भव्य, सभ्य र सफल हुनेमा विश्वस्त रहेको आयोजकले जनाएको छ ।
सम्पूर्ण नेपाली भलिवल प्रेमीहरुलाई निमन्त्रणा गरिएको उक्त प्रतियोगितामा करिव ७०० जनाको उपस्थित रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।

वि.सं.२०८३ असार २४ बुधवार ०८:५७ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...