back
CTIZAN AD

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

वि.सं.२०८३ असार १४ आइतवार

945 

shares

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा छैटौँ अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनबाट शुष्मा खतिवडा कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन् ।

अधिवेशनबाट मेनुका खतिवडा भण्डारी प्रथम उपाध्यक्ष, माया खड्का कुँवर द्वितीय उपाध्यक्ष, लिला राई तृतीय उपाध्यक्ष तथा शारदा भुजेल महासचिव पदमा निर्वाचित भएका छन् ।

त्यसैगरी दिपा सिंह र रविना पुलामी मगर सचिव, गीता पुन थापा कोषाध्यक्ष तथा सबिता दाहाल भट्टराई सह(कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित सदस्यहरूमा सुनिता कोइराला आचार्य, उषा परियार, निशा पराजुली, अनिता राई, सम्झना गुरुङ, कला घिमिरे, रोशनी घिमिरे, सुनिता आचार्य, सलिमा मियाँ, तारा बि.सी, सन्ध्या भण्डारी, शान्ता कटुवाल, प्रेमकला राई, सिता बि.क., शर्मिला चौधरी र गान्धवी चौधरी रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचन समितिकी संयोजक अमिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै सुखद कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

नवनिर्वाचित अध्यक्ष कटुवालसहित सम्पूर्ण कार्यसमितिलाई विभिन्न नेपाली संघसंस्था, शुभेच्छुक तथा समुदायका व्यक्तित्वहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अधिवेशनमा सहभागीहरूले नयाँ नेतृत्वले संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी रूपमा अघि बढाउँदै कतारमा रहेका नेपाली महिलाको हकहित, सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमकै बीचमा कलाकार टीका मगरको आकर्षक स्वागत नृत्य र गायिका तारा बिसीको सुमधुर सांगीतक प्रस्तुति सहित अन्य कलाकारले हलमा उपस्थित सबैलाई झुमाएको थियो। विविध सांस्कृतिक र सांगीतिक प्रस्तुतिहरूले अधिवेशनलाई थप रोचक, सभ्य र मनोरञ्जनात्मक बनाएको थियो।

सोहि अवसरमा संस्थाको नेतृत्व सम्हाल्दै कार्यकालभर विभिन्न सामाजिक, रचनात्मक तथा सेवामूलक गतिविधि सञ्चालन गरी सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुहुने निवर्तमान अध्यक्ष माया के।सी। तथा उहाँको कार्यसमितिप्रति पनि धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको थियो।

सन् २००० देखि कतारमा रहेका नेपाली महिलाहरूको एकता, सशक्तीकरण तथा सामाजिक सेवामा सक्रिय भूमिका खेल्दै आएको नेपाली महिला समाज कतारले आगामी दिनमा पनि नयाँ नेतृत्वको मार्गदर्शनमा संस्थागत विकाससँगै समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ असार १४ आइतवार १३:५३ मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...