back
CTIZAN AD

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १४ आइतवार

291 

shares

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरेको स्वर्ण उत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्व रहेको थियो।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले काठमाडौँमा स्थापना गरेको नाडाले अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान दिँदै आएको छ। संस्थाले स्वर्ण उत्सवलाई स्मरणीय बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्ने घोषणा गरेको छ।

सो अवसरमा दशरथ रंगशाला त्रिपुरेश्वरदेखि दरबारमार्गस्थित होटल याक एण्ड यति सम्म आयोजित वाकाथनमा नाडाका पदाधिकारी, पूर्व अध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो।

नाडाले हालसम्म २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षहरूले संस्थाको नेतृत्व गरिसकेका छन्। साथै, संस्थाले नियमित रूपमा प्रकाशन गर्दै आएको “नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री”, “नाडा अटो न्युज” र “नाडा अटो ड्राइभ क्यालेन्डर” जस्ता प्रकाशनमार्फत अटो क्षेत्रको सूचना प्रवाहमा योगदान पुर्‍याउँदै आएको छ।

यही भदौ महिनामा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारीसमेत भइरहेको छ।

कार्यक्रमको संयोजन उपाध्यक्ष विक्रम सिंहानियाले गर्नुभएको थियो भने सञ्चालन महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।

वि.सं.२०८३ असार १४ आइतवार १४:१८ मा प्रकाशित

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...