back
CTIZAN AD

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

वि.सं.२०८३ साउन २६ मंगलवार

shares

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्नु भएको छ । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहनु भएको हो ।

चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर आफूले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् । “मिहेनत गर्ने हिम्मत र हातमा सीप भए एक दुई लाख कमाउन विदेश जानु पर्दैन”, लोप्चनले भने । धमाधम मल प्याकिङ गरिरहनु भएको लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन् ।

जैविक मल बोट बिरुवाको लागि निकै उपयोगी मानिन्छ । यहाँ उत्पादन भएको मल गाउँ घरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्दछन् । सुरुमा जैविक तथा गड्यौला मल बोटबिरुवाको लागि रासायनिक मलखादभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको उनको कथन छ । अहिले उनीहरु आफैँ मल खोज्दै आउनहुन्छ, खुसी लाग्छ लोप्चनले सुनाउनुभयो । साना बेर्ना तथा बोट बिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक तथा गड्यौला मलको माग उच्च रहेको उनले सुनाए ।

गड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डाइमण्ड) को रुपमा बिक्री वितरण हुने गरेको छ । लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिनुभएको थियो । तालिम लिएर आएपछि उत्पादन सुरु गर्नुभएको उहाँले बजार खोज्दाको सास्ती अझै भुल्नु भएको छ्रन् । गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मन ल्याउने चलन थियो । “मैले धेरै अनुरोध गरी सम्झाए बुझाएँ”, उहाँले भन्नुभयो, “आफ्नो गाडीले १०÷१० बोरा मल निःशुल्क खेतमा लगेर दिएर प्रयोग गर्न अनुरोध गरेँ । खेती राम्रो भएपछि किसानहरु आफैँ मल खोज्दै आउन थाले ।”

तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीको लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो । त्यसपछि बजारले आफूलाई खोज्न थालेको उनले सुनाए । तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उहाँको मनग्य आम्दानीको बाटो बनेको छ ।

लालबन्दी–२, जुटपानी घरैमा उहाँले लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट दर्ता गरी सञ्चालन गरिरहनुभएको छ । सोही फर्मको नाममा बोरामा २५ किलोको दरले प्याक गरेको जैविक तथा गड्यौला मल काठमाडौँ, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटहरूसम्म पुग्ने गरेको छ । जिल्लाका गमलामा फूल सजाउने बगैँचाको सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान र अहिले अन्य अन्नबाली लगाउने किसान समेत यस मलप्रति आकर्षित भएका छन् ।

पच्चीस किलोको एउटा बोरा मलको रु ३२५ पर्छ । “धेरै उत्पादन हुँदा स्थानीय किसानलाई बेचेर महिनाको दुई ट्रक मल काठमाडौँ पठाउने गरेको थिए”, उनले भने, “भएनभन्दा पनि महिनामा एक ट्रक पठाउने गरेको छु । उता पनि आफ्ना ग्राहक छन् ।” ट्रकमा ४०० बोराका दरले मल जान्छ । लोप्चनले छ सन्तानलाई यसैको कमाइले शिक्षादीक्षा र लालनपालन गर्नुभयो । अहिले दुई छोरा एउटा युरोप र अर्को मलेसियामा छन् । पुगेको छ । उसलाई विदेश पठाउन लागेको ठूलो धनराशि यसैबाट जुटाएको उनकोे भनाइ छ । लोप्चनले तीन सन्तानको पठनपाठन र लालनपालनको दायित्व अझै यसैको आम्दानीबाट पूरा गरिरहेका छन् । चार मजदुर र उहाँ र श्रीमती नियमित काममा लाग्ने गरेका छन् ।

काठमाडौँमा गरेको किराना पसलको व्यापार बिग्रिएपछि लोप्चन परिवारलाई दैनिक गुजारामा समेत धौधौ भयो । त्यसपछि उनी भएको थोरै जग्गामा खनिखोस्री गर्छु भनेर गाउँ फर्किएका थिए । गाउँमा किसान समूह गठन गरेका थिए । समूहमा विभिन्न तरकारीका बीउबिजन लिएर कृषि ज्ञान केन्द्रका कर्मचारी आउने जाने गरिरहन्थे । उनीहरुले दिएका ज्ञानबाट यो पेसामा लग्न प्रेरित गरेको बताउनुहुन्छ । अहिले वार्षिक ४० देखि ४५ लाखसम्मको जैविक तथा गड्यौला मल बिक्री गरेर रु २० देखि २२ लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ ।
सुरुमा गड्यौला समेत बिक्री गरेर आम्दानी गर्ने गरेको भए पनि अहिले मल उत्पादनमा जोड दिनुभएको छ । गड्यौला बिक्रीले मल उत्पादनमा कमी हुने भएकाले गड्यौला बिक्री गर्न छाडेको उहाँले बताउनुभयो । यहाँ गड्यौला मात्र प्रतिगोटा दुई रुपैयाँमा बिक्री हुन्छ । यसबाट समेत ठूलो रकम आम्दानी गर्न सकिने उहाँको सुझाव छ । गाउँघर र वनमा कुहिएर रहेका पातपतिङ्गर, पराललगायतका वनस्पति र गोबर मल जम्मा गरेर जैविक तथा गड्यौला मल तयार गर्ने गरिएको लोप्चनले बताए । गड्यौला मलको लागि गोबर मल प्रति ट्रेलर तीन हजार र ढुवानी र मजदुर खर्च १५ सय लगानी पर्ने उहाँको भनाइ छ ।

“जैविक घाँसपात र गोबर जम्मा गरेर गड्यौलालाई दिएपछि गड्यौलाले खाएर मल तयार गरिदिन्छ”, उनले भने, “यसरी गड्यौलाले खाएर मलको रुपमा निकालेको धुलो छानेर प्याकिङ गरेर बजार पठाउने गरिन्छ ।” लगानीको झण्डै ५० प्रतिशतसम्म फाइदा बस्ने भएकाले यसमा दुःख, फोहर र मोहर यसैमा रहेको उनी बताउँछन् ।

कम्पोष्ट मलको प्रयोगले जमिनको उर्बर शक्ति वृद्धि हुने भएकाले निकै राम्रो हुने कृषि जेटिए सुरज खनालले बताउँछन् । रासायनिक मलका कारण जमिनमा उत्पादन शक्ति ह्रास हुँदै जाने र मानव स्वास्थ्यमा समेत यसले प्रत्यक्ष असर गर्ने भएकाले जैविक तथा गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ ।

वि.सं.२०८३ साउन २६ मंगलवार १३:०३ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...