back
CTIZAN AD

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

वि.सं.२०८३ असार १४ आइतवार

684 

shares

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय स्काउट कार्यालय फेदीखोलाको आयोजनामा दुईदिने हाइकिङ तथा क्याम्पिङ कार्यक्रम सम्पन्न भएको छ।

असार १२ र १३ गते सञ्चालन भएको कार्यक्रममा फेदीखोला गाउँपालिकाभित्र स्काउट गठन भएका ६ विद्यालयका ११३ जना स्काउट विद्यार्थी तथा स्काउट शिक्षक (स्काउट मास्टर)को सहभागिता रहेको थियो।

फेदीखोला गाउँपालिका स्थानीय प्रमुख आयुक्त शोभाकान्त शर्मा को सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष अविलाश गुरुङ, वडा नं. ४ का अध्यक्ष ख्याम नारायण पौडेल, नेपाल स्काउट स्याङ्जा समन्वय समिति संयोजक अर्जुन सुवेदी तथा नेपाल रेडक्रस सोसाइटी फेदीखोला गाउँ तदर्थ समिति संयोजक दिवाकर सुवेदी लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत सर्केटारीदेखि आरुखर्क–गलेम भिर हुँदै शीतला माध्यमिक विद्यालयसम्म हाइकिङ, स्काउट प्रशिक्षण, सांस्कृतिक कार्यक्रम, धर्मसभा, पी.टी. तथा कवाज प्रशिक्षण र प्रदर्शन, प्रतियोगितात्मक गतिविधि, धार्मिक तथा सांस्कृतिक स्थलको अवलोकन तथा पर्यटकीय सम्भावना बोकेको कल्छे झरनाको भ्रमण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुवेदी सुरुदेखि नै विद्यार्थीहरूसँगै हाइकिङमा सहभागी हुँदै स्थानीय भूगोल, इतिहास र सामाजिक परिवेशबारे जानकारी गराएका थिए।

सो अवसरमा अध्यक्ष सुवेदीले विद्यार्थीमा साहसिक क्षमता, नेतृत्व विकास, कठिन परिस्थितिसँग जुध्ने सीप, आत्मविश्वास, सहयोगको भावना र अनुशासन अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। स्काउटका संरक्षकसमेत रहेका उनले आगामी आर्थिक वर्षमा पनि यस्तै प्रकृतिका कार्यक्रम फरक स्थानमा सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय स्काउट कार्यालयका अनुसार विद्यार्थीमा व्यवहारिक ज्ञान, सामूहिक कार्यसंस्कृति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

वि.सं.२०८३ असार १४ आइतवार १३:४८ मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...