back
CTIZAN AD

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

वि.सं.२०८३ असार ८ सोमवार

243 

shares

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्म ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख भए अनुसारको विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार यसवर्ष हालसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा बढी कमाइ चलचित्र ‘लालीबजार’ ले गरेको गरेको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चलचित्र ‘लालीबजार’ ले नेपालमा रु नौ करोड २८ लाख १४ हजार ५०५ कमाइ गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको चलचित्र ‘लालीबजार’ को सोही अवधिमा तीन लाख १५ हजार ७१४ टिकट बिक्री भएका छन् ।

गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा २०८३ सालमा प्रदर्शन भएका सबै चलचित्रको तुलनामा आफूलाई निकै अगाडि उभ्याउन सफल भएको छ । उक्त चलचित्रमा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले रु एक करोड ५५ लाख ४६ हजार ६६८ कमाइ गरेको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल ५७ हजार १३२ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा मुकुन भुसाल, शुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत जेठ १५ नै प्रदर्शन भएको चलचित्र ‘कुम्भ’ यसवर्ष अहिलेसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा कम व्यापार गर्नेमा परेको छ । उक्त चलचित्रले आइतबार बेलुकीसम्म रु चार लाख २५ हजार ८८५ कमाइ गरेको छ । रणधीर श्रेष्ठले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल एक हजार ८१५ टिकट बिक्री भएका छन् । चलचित्र ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापालगायत कलाकारहरूको अभिनय रहेको छ ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङकअनुसार यसवर्ष प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सूचनामार्फत आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।

वि.सं.२०८३ असार ८ सोमवार १६:४९ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...