back
CTIZAN AD

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी ३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

वि.सं.२०८२ माघ २० मंगलवार

504 

shares

जलेश्वर (महोत्तरी) । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा ४१ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

यहाँ दुई पूर्वमन्त्री, दुई बागी उम्मेदवार र जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरका छोरीसहित जेनजी आन्दोलनपश्चात् परिवर्तको नारा बोकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका युवा उम्मेदवारहरुसहित जम्मा ४१ जना चुनावी मैदानमा उत्रेका हुन् ।

यसअघि २०७५ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लगातार दुईपटक यस क्षेत्रबाट निर्वाचित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले छोरी मिनाक्षीलाई चुनावी मैदानमा उतारेका हुन् ।

मिनाक्षीले घरदैलो अभियानलाई सक्रियताका साथ अगाडि बढाएका छन् । त्यसैगरी यसअघिको चुनावमा ठाकुरका निकटतम प्रतिद्वन्द्वी पूर्वकृषिमन्त्री हरिनारायण यादवले जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । उनले पनि घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

अघिल्लो निर्वाचनकै अर्का स्वतन्त्र उम्मेदवार रामआधार कापरले यसवर्ष पुनः स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैबीच यसअघिको निर्वाचनमा तत्कालीन लोसपा र महन्थ ठाकुरलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका नेपाली कांग्रेसले यसपालि उम्मेदवार खडा गरेको छ । कांग्रेसले यस क्षेत्रबाट बजरङ्ग नेपालीलाई चुनावी मैदानमा उतारेको हो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजकुमार सिंह, नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उज्ज्वलकुमार झा, उज्यालो नेपाल पार्टीका नेता रञ्जितकुमार साहलगायत तीन दर्जन बढी उम्मेदवारहरु पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन् ।

वि.सं.२०८२ माघ २० मंगलवार १६:२८ मा प्रकाशित

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...