back
CTIZAN AD

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

वि.सं.२०८३ असार १० बुधवार

216 

shares

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् ।

विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् ।

केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन् । तानसेन नगरपालिका–५ कैलाशनगरकी मालती अधिकारीले भन्नुभयो, “सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ, यसअघि स्वेटर, टोपी, मोजालगायत बुन्न सिकेको र अहिले वडा कार्यालयको सहयोगमा जुत्ता, चप्पल बनाउन सिकेको सीपले हाम्रो जीवनस्तर सुधार हुने ठानेकी छु ।” उनले भने, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा उक्सने आशा छ ।”

उद्यमी अधिकारीजस्तै यहाँका ३४ जना महिलाले जुत्ता, चप्पल बनाउन सिकेका छन् । सीप विकासमार्फत विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउन तालिम दिइएको वडाध्यक्ष रामबहादुर रावलले बताए । सीप र रोजगारलाई प्राथमिकता दिँदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्नेगरी वडाले काम गरिरहेको उनले बताए ।

उनले भने, “महिला र युवालाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउनका लागि हामीले सहजीकरण गर्दै आएका छौँ ।” तालिमबाट महिला उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने उनले विश्वास व्यक्त गरे । सानो पुँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला सजिलै आत्मनिर्भर बन्न सक्ने रावलको भनाइ छ ।

सधैँजसो मेलापात, चुलोचौका र घरधन्दामै दैनिकी बिताउँदै आउनुभएका रामपुरका महिला पनि ४५ दिने होजियारी तालिमपछि गाउँमै स्वेटर, मोजा, टोपी र मफलर बुन्न सक्ने भएका छन् । रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाले स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन् ।

तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, “हामीले सुइडा पनि देखेका थिएनौँ । पहिलो दिनमा त निकै अलमलिएका थियौँ । सीप सिक्ने इच्छाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ ।”

रामपुर नगरपालिकाले उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाका लागि ४५ दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन् ।

नगरप्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । कतिपय महिला तालिम लिएर व्यवसाय बजारको सुनिश्चितता पनि पालिकाले गर्ने उनले बताए ।

वि.सं.२०८३ असार १० बुधवार १०:५० मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...