back
CTIZAN AD

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

वि.सं.२०८२ चैत ४ बुधवार

156 

shares

वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ । सिरुबारी सामुदायिक घरबास (होमस्टे) पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

आँधीखोला गाउँपालिका–१ वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्नेगरी कार्यक्रम अगाडि सारिएको छ ।

“म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागत द्वार निर्माण, आकर्षक झुला, प्रतिक्षालय, म्हाजुभञ्ज्याङ इकोभिलेज एन्ड रेष्टोको रूपमा विकास गरिएको छ”, उनले भने, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय अग्र्यानिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेली घर पनि निर्माण गरिएको छ ।”

आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै रु एक करोड लगानी भइसकेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर ‘इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवकले रोजगारी पाएका छन् । दैनिक ५०० आन्तरिक तथा बाह्य पर्यटक म्हाजु आउने गरेका छन् ।

वि.सं.२०८२ चैत ४ बुधवार ११:३३ मा प्रकाशित

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत...

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।...

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी...

सुनचाँदीकोे मूल्य घट्यो

सुनचाँदीकोे मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

जग्गा विवादमा आमाको हत्या

जग्गा विवादमा आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५...

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर (झापा) । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका...