back
CTIZAN AD

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

वि.सं.२०८३ साउन २४ आइतवार

72 

shares

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए ।

उनका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अद्यावधिक र वितरणका बारेमा छलफल हुनेछ । यस्तै, महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

बैठकमा पछिल्लो समय तराई–मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वाँरले बताए । यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

वि.सं.२०८३ साउन २४ आइतवार १४:४७ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...