back

नेपाली भाषा तथा सांस्कृतिक संरक्षणमा नबिल फाउण्डेसनको सहयोग

वि.सं.२०७४ माघ ६ शनिवार

369 

shares
RBB AD
NTC AD

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले नेपाली भाषा तथा संस्कृतिको संरक्षण तथा संवद्र्घनका लागि किलाघस् सांस्कृतिक पुच: द्वारा आयोजित प्रथम काठमाडौं महानगरब्यापी मेयर्स ट्रफी ‘चिग्वस् धिमे धेंधेंबल्ला’ प्रतियोगिताको लागि दुई लाख पचास हजार रुपैया प्रदान गरेको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा संचालक रमेशप्रसाद लोहनीले सो रकम बराबरको चेक किलाघ: सांस्कृतिक पुच: का अध्यक्ष सानुकाजी महर्जनलाई एक समारोहका बिच हस्तान्तरण गरे । सो कार्यक्रम काठमाडौं नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा सांस्कृतिक संवद्र्घन एवम् युवाहरुलाई सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील बनाउने तथा नेवारी संस्कृति अनुसार बिभिन्न समारोहमा नेपाल कै पहिचानको रुपमा बजाउदै आइएको धिमे बाजा तथा सो सँग सम्बन्धित भेषभुषा, पहिरहनको सम्बद्र्धनका निम्ति किलाघ: सांस्कृतिक पुचस्ले गरेको भब्य आयोजनाको सरहाना गर्दै अग्रवालले त्यस संस्थाको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरे ।

सोही अवसरमा किलाघ: सांस्कृतिक पुच: परिवारले नबिल फाउण्डेसनको सहयोगका लागि फाउण्डेसन परिवारलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि परम्परागत र मौलिक बाजागाजाहरुको संवद्र्घनका निमित्त लागि पर्ने कुरामा आफुहरु दृढ रहेको जनाएका थिए ।

वि.सं.२०७४ माघ ६ शनिवार १४:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप,धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

पोखराका किसानका लागि आइपिएम पाठशाला

पोखराका किसानका लागि आइपिएम पाठशाला

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान...

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

काठमाडौँ । नेपाल टेलिकमले वैशाख २० गते राष्ट्रिय सूचना तथा...

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...