back
CTIZAN AD

नेपाली भाषा तथा सांस्कृतिक संरक्षणमा नबिल फाउण्डेसनको सहयोग

वि.सं.२०७४ माघ ६ शनिवार

987 

shares

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले नेपाली भाषा तथा संस्कृतिको संरक्षण तथा संवद्र्घनका लागि किलाघस् सांस्कृतिक पुच: द्वारा आयोजित प्रथम काठमाडौं महानगरब्यापी मेयर्स ट्रफी ‘चिग्वस् धिमे धेंधेंबल्ला’ प्रतियोगिताको लागि दुई लाख पचास हजार रुपैया प्रदान गरेको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा संचालक रमेशप्रसाद लोहनीले सो रकम बराबरको चेक किलाघ: सांस्कृतिक पुच: का अध्यक्ष सानुकाजी महर्जनलाई एक समारोहका बिच हस्तान्तरण गरे । सो कार्यक्रम काठमाडौं नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा सांस्कृतिक संवद्र्घन एवम् युवाहरुलाई सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील बनाउने तथा नेवारी संस्कृति अनुसार बिभिन्न समारोहमा नेपाल कै पहिचानको रुपमा बजाउदै आइएको धिमे बाजा तथा सो सँग सम्बन्धित भेषभुषा, पहिरहनको सम्बद्र्धनका निम्ति किलाघ: सांस्कृतिक पुचस्ले गरेको भब्य आयोजनाको सरहाना गर्दै अग्रवालले त्यस संस्थाको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरे ।

सोही अवसरमा किलाघ: सांस्कृतिक पुच: परिवारले नबिल फाउण्डेसनको सहयोगका लागि फाउण्डेसन परिवारलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि परम्परागत र मौलिक बाजागाजाहरुको संवद्र्घनका निमित्त लागि पर्ने कुरामा आफुहरु दृढ रहेको जनाएका थिए ।

वि.सं.२०७४ माघ ६ शनिवार १४:४१ मा प्रकाशित

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...