साउदी अरब स्थिति गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको तेस्रो अधिबेशनले २०१८–२० कार्यकालका लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
साउदी अरबको लागि नेपाली राजदूतावास रियादका महामहिम राजदुत डा. प्रो. महेन्द्र सिंह राजपुतको प्रमुख अतिथ्यमा गत शुक्रवार अगस्त २४ को दिन बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा आयोजित अधिबेश सम्पन्न भएको हो ।
आरसिसि अल कासिमका का.बा. अध्यक्ष मनिष कोइरालाको सभापतित्वमा संचालित कार्यक्रममा जेद्दाका कार्यवाहक महाबाणिज्यदूत रेबती रमन पौडेल, सेख अबु महम्मद, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष ध्रुव रिजाल अतिथिमा र एन सि सि साउदीका सचिव एवम् आरसिसि प्रमुख सल्लाहकार तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठ, एनसिसि सहकोषाध्यक्ष तथा आरसिसि सल्लाहकार योगेन्द्रबहादुर श्रेष्ठ, एनसिसि युवा संयोजक तथा आरसिसि सल्लाहकार राज कुमार श्रेष्ठ, आरसिसि रियाद भूतपुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु पौडेल, नेपाली प्रवासी समाज हाइलका अध्यक्ष होम राज बास्तोला, गन्तब्य नेपाल उनैजाका अभियन्ता यादव घिमिरे तथा मिलन श्रेष्ठ, सामाजिक अभियन्ता, समाजसेवी लुलु हाइपर मार्केट हाइलका जेनेरल म्यानेजर चाद मोहम्मद लगायतका व्यक्तित्वहरु अतिथिको रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा आरसिसि अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारीको स्वागत मन्तव्य पछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले संयुक्त रुपमा ब्यानर खोली उद्घाटन गरिएका थिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राजदूत महेन्द्र सिह राजपुत तथा बिशिष्ट अतिथि रेवती रमन पौडेल, ध्रुब रिजालले आरसिसि अल कासिमको २०१६–१८ कार्यकाल सफल रहेको र सफल बनाउन अहम् भुमिका खेल्ने भन्दै आरसिसि का.बा.अध्यक्ष मनिष कोइराला तथा सम्पूर्ण समितीका पदाधिकारी र एनसिसि सचिब तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठलाई सधन्यवाद सहित निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
वि.सं.२०७५ भदौ १० आइतवार १७:४९ मा प्रकाशित



























