back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ फागुन ९ शनिवार

1.7K 

shares

शोभाकान्त रेग्मी
वालिङ -२ धौखोला, स्याङ्जा

मनको बह
सुन्ने कोही हुँदैन
आँसुको दह ।१।

भाग्यको खेला
भोग्नैपर्छ एक्लैले
परेको बेला ।२।

आह्वान गर्दा
सहयोग सबैको
आपत पर्दा ।३।

अजर हैन
आज मर्ने कि भोलि ?
निश्चित छैन ।४।

ईश्वर जपौं
जन्म हुन्छ सार्थक
सुज्ञान थपौं ।५।

कुरा बुझेर
बस्नु कतै हुँदैन
त्यसै रुझेर ।६।

सत्यता खोज्नु
पाप कर्म नगर्नु
धर्म नै रोज्नु ।७।

बुझुन् यो सारा
हिन्दुराज्य नेपाल
विश्वको तारा ।८।

चिनारी दामी
देश बुद्ध जन्मेको
नेपाली हामी ।९।

कम्मर कसौँ
ल्याउँ शान्ति समृद्धि
मिलेर बसौं ।१०।

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:५० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...