back
CTIZAN AD

चारु

वि.सं.२०८२ फागुन ९ शनिवार

843 

shares

अम्बिका राणा,खरसाङ , दार्जीलिङ

कहिलेकाहीँ नसोचेको कुरो पनि हुँदोरहेछ
फूल बोक्ने साथीको हातमा छुरो पनि हुँदोरहेछ

संसारमा पनि कान फुक्नेहरू पनि हुन्छ धेरै ,
जगतमा आखिरमा त टुहुरो पनि हुँदोरहेछ

होइन रहेछ हामीले देखिने क्षितिज नै अन्त
जिन्दगीमा नि कति त बेसुरो पनि हुँदोरहेछ

जिन्दगीको यो अचम्म हुँदोरहेछ खेल हाम्रो
त्यहाँदेखि उता अर्को चुचुरो पनि हुँदोरहेछ

कतिको जीवन पनि लीला चाँडै नै सकिन्छ यहाँ
जिउनु चाहँदा चाहँदै अधुरो पनि हुँदोरहेछ

अनुप्रास : उरो
शेष अनुप्रास : पनि हुँदोरहेछ
अभ्यास ; चारु अभ्यास पाठशाला

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:५२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...