back
CTIZAN AD

लघुकथा : घरदैलो

वि.सं.२०८२ फागुन ९ शनिवार

888 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ

“हजुरहरूको कृपाले अहिलेसम्म जित्दै आएको छु, हजुर! यसपालि पनि कृपा गरिदिनुहोस्।”
घरदैलोमा नेताले हात जोड्दै भन्यो।

“अहिलेसम्म त हामीले कृपा गरेरै जितायौँ। तर जिताएर हामीले के पायौँ? यो गाउँले के पायो? देशले के पायो?”
गाउँको एक युवाले कडा प्रश्न गर्‍यो।

“प्रतिपक्षले अवरोध गरेकाले सोचेजस्तो काम गर्न सकिएन, हजुर! यसपटक पक्का गर्छौँ, बस् मत दिएर जिताइदिनुहोस्।”
नेताले फुस्ल्याउने स्वरमा भन्यो।

“राजधानीमा महल ठड्याउँदा, आफ्ना मान्छेलाई ठाउँमा पुर्‍याउँदा, हरेक ठाउँमा कार्यकर्ता भर्ती केन्द्र खोल्दा त प्रतिपक्षले कहिल्यै अवरोध गरेन । विकास निर्माण गर्न खोज्दा मात्रै अवरोध गर्‍यो हैन ? अब हावा कुरा बन्द गर्नुस्।”
युवा आक्रोशित भयो।

“हावा कुरा होइन, हजुर! हामीले कामै नगरेका त होइनौँ नि! बरु विरोधीले तपाईँको कान फुकिदिएजस्तो लाग्यो।”
नेताले शङ्का प्रकट गर्‍यो।

“हाम्रा आँखा फुटेका छन् र कसैले कान फुक्नुपर्छ? ल, एउटा मात्रै काम भन्नुस् त जुन तपाईंँले आफ्ना तीन–तीन कार्यकालमा पूरा गरेको। एउटा मात्र रहेछ भने पनि फेरि जिताउँछौँ।”
युवा झन् दृढ भयो। तर त्यतिन्जेल नेताले कुलेलम ठोकिसकेको थियो।

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:५३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...