back
CTIZAN AD

लघुकथा : घरदैलो

वि.सं.२०८२ फागुन ९ शनिवार

810 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ

“हजुरहरूको कृपाले अहिलेसम्म जित्दै आएको छु, हजुर! यसपालि पनि कृपा गरिदिनुहोस्।”
घरदैलोमा नेताले हात जोड्दै भन्यो।

“अहिलेसम्म त हामीले कृपा गरेरै जितायौँ। तर जिताएर हामीले के पायौँ? यो गाउँले के पायो? देशले के पायो?”
गाउँको एक युवाले कडा प्रश्न गर्‍यो।

“प्रतिपक्षले अवरोध गरेकाले सोचेजस्तो काम गर्न सकिएन, हजुर! यसपटक पक्का गर्छौँ, बस् मत दिएर जिताइदिनुहोस्।”
नेताले फुस्ल्याउने स्वरमा भन्यो।

“राजधानीमा महल ठड्याउँदा, आफ्ना मान्छेलाई ठाउँमा पुर्‍याउँदा, हरेक ठाउँमा कार्यकर्ता भर्ती केन्द्र खोल्दा त प्रतिपक्षले कहिल्यै अवरोध गरेन । विकास निर्माण गर्न खोज्दा मात्रै अवरोध गर्‍यो हैन ? अब हावा कुरा बन्द गर्नुस्।”
युवा आक्रोशित भयो।

“हावा कुरा होइन, हजुर! हामीले कामै नगरेका त होइनौँ नि! बरु विरोधीले तपाईँको कान फुकिदिएजस्तो लाग्यो।”
नेताले शङ्का प्रकट गर्‍यो।

“हाम्रा आँखा फुटेका छन् र कसैले कान फुक्नुपर्छ? ल, एउटा मात्रै काम भन्नुस् त जुन तपाईंँले आफ्ना तीन–तीन कार्यकालमा पूरा गरेको। एउटा मात्र रहेछ भने पनि फेरि जिताउँछौँ।”
युवा झन् दृढ भयो। तर त्यतिन्जेल नेताले कुलेलम ठोकिसकेको थियो।

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:५३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...