back
CTIZAN AD

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

वि.सं.२०८२ फागुन ९ शनिवार

816 

shares

काठमाडौं । जेनजी २.० ले आगामी निर्वाचन स्वच्छ, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै उसले यस्तो आह्वान गरेको हो।

विज्ञप्तिमा निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले स्वस्थ प्रतिस्पर्धा, नीति तथा कार्यक्रमको बहस र विचारको प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरिएको छ। व्यक्तिगत आरोप–प्रत्यारोप, उत्तेजनात्मक अभिव्यक्ति, घृणा फैलाउने गतिविधि तथा हिंसात्मक प्रवृत्तिबाट टाढा रहन आग्रह गरिएको छ।

मतदाताको निर्णय सर्वोपरी रहेको स्पष्ट पार्दै मतदातालाई भय, दबाब, प्रलोभन वा भ्रममा पार्ने गतिविधि नगर्न सचेत गराइएको छ। निर्वाचन आचारसंहिताको कडाइका साथ पालना हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सबै पक्षलाई समान अवसर सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ।

संस्थाका प्रवक्ता अविन लिम्बुले शान्त, निष्पक्ष र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न हुनु आवश्यक रहेको बताएका छन्।

वि.सं.२०८२ फागुन ९ शनिवार ११:४७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...