back
CTIZAN AD

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार

609 

shares

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भएका हुन् । कूल ५७ हजार ९९४ मत खसेका मा महरले १८ हजार ५४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।

त्यस्तै नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बनेपालीले बताए ।

 

वि.सं.२०८२ फागुन २३ शनिवार ११:०२ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...