back
CTIZAN AD

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

वि.सं.२०८३ साउन ११ सोमवार

225 

shares

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रमुख राजनीतिक दलहरूबीच छलफल तीव्र बनेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण फेरिएको हो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल प्रदेशसभामा नेपाली कांग्रेस ३६, नेकपा २६, एमाले २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ३ र हाम्रो नेपाली पार्टी २ सिटसहित प्रतिनिधित्व गरिरहेका छन्।

सत्ता गठबन्धनका रूपमा एमाले र नेकपाबीच सहकार्यको सहमति भए पनि दुवै दलको संयुक्त संख्या सरकार गठनका लागि आवश्यक बहुमतभन्दा कम रहेकाले अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार गठनका लागि नेकपासहित सम्भावित साझेदार दलहरूसँग निरन्तर छलफल भइरहेको बताए। उनले बहुमत जुटाएर स्थिर सरकार गठन गर्ने प्रयास जारी रहेको उल्लेख गरे।

उता, प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठनको पहल थालेको छ। कांग्रेसका बागमती प्रदेश प्रमुख सचेतक पुकार महर्जनका अनुसार कांग्रेसले राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग सरकार गठनको सम्भावनाबारे छलफल गरिरहेको छ।

दलहरूबीचको अंकगणित र राजनीतिक सहमतिले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगो लाग्ने भएकाले बागमती प्रदेशको राजनीतिक गतिविधि यतिबेला थप चासोको विषय बनेको छ।

यसअघि एमालेले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

वि.सं.२०८३ साउन ११ सोमवार ११:३१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...