back
CTIZAN AD

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

वि.सं.२०८२ फागुन १७ आइतवार

2.8K 

shares

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन र अमूल्य मत पाएमा ओखलढुंगाको विकासको खाका कोर्न र जिल्लाको विकास र समृद्धिमा ध्यान दिनेछु” भन्‍ने वाचा सहित २०७४ सालमा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका गुरूङ्ग निर्वाचनमा विजयी भएपछि नेकपा एमालेका तर्फबाट प्रदेश नं. १ को भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका थिए।मन्त्री भएपछि आफुले गरेका वाचाहरू पुरा गर्ने सन्दर्भमा जिल्लामा दीर्धकालिन महत्वका मुख्य आयोजनाहरू, सडक, सडकपुल, सामुदायिक भवन, लिफ्टिङ्ग खानेपानी र सिंचाइका आयोजनाहरू, कृषि, वन, शिक्षा, स्वास्थ्य, खेलकुद विकास र पर्यटन पूर्वाधारहरू जस्ता महत्वपूर्ण आयोजनाहरू पुरा गर्न जिल्लाभर करिव आठ अर्व रूपैया विनियोजन गरेको बताउछन।

कहाँकहाँ के गरे त गुरूङ्गलेः

प्रदेश क्षेत्र नं. १ रिङ्ग रोड अर्थात मिलन चोक-निशंखे-भदौरे- गैरीआल- चिसापनी-बर्णालु-देउराली-ठाडे-जन्तरखानी-पात्ले-क्षरमादिङ्ग-रानीवन-खिजिफलाटे-भुसिङ्गा-श्रीचौर-प्राप्चा रामपुर-कुन्तादेवी-ज्यामिरे-सल्लेरी-मिलनचोक १८५ किलोमिटर लामो सडकको लागि २ अर्व, खार्ते खोला, खानी भञ्‍जाङ्ग, डाँडा गाँउ, माम्खा देउराली, बेलबोटे सहकका लागि ६ करोड, सिद्धिचरण लोकमार्गदेखि कारागार हुदै रूम्जाटार एयरपोर्ट, चार्खु निशंखे एयरपोर्ट सडकका लागि ४. ५ करोड, सि.न.पा. ११ र १२ को एकिकृत पूर्वाधार सडक निर्माणका लागि ३ करोड,गोरूमारे भञ्‍जाङ्ग मिलनचोक सडक निर्माणका लागि १ करोड, जिल्ला प्रशासन कार्यालय- हुलाक डाँडा- कृष्ण मन्दिर सडकका लागि १ करोड रकम विनियोजन गरी विकासवादी नेताको छवी बनाएका थिए। सडक निर्माण र पूर्वाधार विकासका अलवा उनले अन्य थुप्रै कामहरू समेत गरेका थिए।

ओखलढुंगाको विकासमा अम्बिरबाबुको प्रतिवद्धताः

अम्बिरबाबुले आफु मन्त्रि हुँदा थालनी गरेका थुप्रै दीर्घकालिन र अल्पकालिन आयोजनाहरू अधुरै र अलपत्र रहेकाले ती अधुरा आयोजना तथा केही नयाँ आयोजनाका साथ जिल्लाको विकास अभियान चलाउन आफुले उमेदवारी दिएको वताएका हुन। आखिर अम्बिरबाबुको ओखलढुंगाको विकासप्रतिको प्रतिवद्धतामा के छ त।

भौतिक पूर्वाधार तथा यातायातः

अम्बिरबाबुले “समृद्ध ओखलढुंगाको लागि दिगो पूर्वाधार” भन्‍ने नाराका साथ अधुरा योजनालाई पहिलो प्राथमिकतामा राखेका छन।जिल्लाभर गौरवका आयोजना सञ्‍चालन गर्ने, सुरक्षित सडक, पुल, र विधुत सुविधा गाउँ-गाउँमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका अम्बिरबाबुले ओखलढुंगाका सबै ८ वटा स्थानीय तह जोड्ने मुख्य सडकहरू स्तरवृद्धिसहित कालोपत्रे गर्ने, जिल्लाभित्रका सडकहरूलाई राष्ट्रिय सडक सञ्‍जालमा जोड्ने, निर्वाचन क्षेत्र “क” मा निर्माणाधिन उच्चस्तरीय चक्रपथ निर्माण तत्काल सम्पन्‍न गरी कालोपत्रे गर्ने,गौरवको आयोजनाका रूपमा गाउँलाई शहरसँग जोड्न सिनपा-मोलुङ्ग-खिजिदेम्वा-लिखु-चम्पादेवी-सुनकोशी- मानेभञ्‍जाङ्ग- चिशंखुगढी- सिनपा उच्च स्तरीय चक्रपथ निर्माण गर्ने, जिल्ला सदरमुकामको बसपार्कलाई व्यवस्थित गर्ने, चुलीदेवीथान- चम्पादेवी- दलिडाँडा हुदै लिखु गाउँपालिका जोड्ने सडकलाई बहुबर्षिय योजनामा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

प्रतिवद्धतापत्रमा स्तरवृद्धिसहित कालोपत्रे गरिने सडकहरूः

नवलपुर- पलापुऔ ताप्केडाँडाऔ कोषभञ्जाङ्ग सडक, रानीवन- यसम- गाम्नाङटार सडक, घोराखरी- विलन्दु- श्रीचौर सडक, रूम्जाटार- माम्खा- लेकखर्क- चिसापानी- नेचा- विहिवारे सडक, ओखलढुंगा सल्लेरी- वेतनी- पारादोभान सडक, शिरिषे- पोखरीडाँडा- चुली- चेप्टे- श्रीचौर सडक, रूम्जाटार- चार्खु- वेलबोटे- खानीभञ्‍जाङ सडक, मिलनचोक- निशंखे,रवुवा-खानीभञ्‍जाङ-कुइभिर सडक,निर्माणाधिन रामपुर-प्राप्चा-श्रीचौर- खिजिफलाटे- खिजिकाती- रावादोलु-भुसिंगा सडकको स्तरीन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

अधुरा सडक आयोजना सम्पन्‍न गर्ने प्रतिवद्धताः

निशंखु- जयरामघाट सडक, झाँप्रे- तालकोट- खिजिफलाटे सडक, मोलुङदोभान- बलखु- सिस्नेरी- मूलखर्क- कटुञ्‍जे- कोषहाट- ककनी सडक, मूलखर्क- फलाटे- चिउरीडाँडा- खिजिफलाटे सडक, लिखु दोभान- बलखु भञ्‍जाङ- यसम सडक, साँघुटार- कोषहाट- ओखलढुंगा सिलौरी सडक, लिम्ति- खिजीफलाटे- बन्से, ‌ओखरवोट- प्राप्चा हुदै सदरमुकाम जोड्ने सडक, धारापानी- ताउर- रिपाल- दोराखर्क- फाप्रे- छेर्मादिङ हुदै टुक्सिन्दोबाट ढिकुरे हुदै धाप जोड्ने सडक, मूलर्क च्यानम ज्यामिरे ओखलढुंगा सडककाचापु भुसिंगा थाम भुक्तेल कुण्डली जिरोकिलो हुदै मानेबाट खिजिफलाटे, सन्जाबारी- पोखरेडाँडा- लाम्जेबौद्ध- चुलीदेविथान- कोप्चे- महाविर- माथिल्लो योलुङ खोला- चेप्टे- मसिरे सडक, खानीभञ्जाङ- वित्लब हुदै कुइभिर सडक, चिशंखुगढी- कालिमाटो- ठुलढुंगा- देउराली सडक, खोपिखर्क- तुरतुरे- ताक्लुङ हुदै झोप्रेबाट धाप जोड्ने सडक, मोलुङ दोभान- बलुखुभञ्‍जाङ- पलापु- चिउरीडाँडा- यसम- रगनी- चण्डेश्वरी- पुस्तापे- पिपलडाँडा- लम्चेर- साब्रा सडक, लिम्ती- पोकली झरना- ककनी सडक, सिल्खुवेशी- चिप्लिङ- टाउके- फेदीगुठ- ककनी सडक, गोरूमारेभञ्‍जाङ- सल्लेरी वेतेनी- आम्जानी- ढाँडखोला- मोलुङ्ग- एकवार सडक, केतुके- मोली- निशंखे सडक, मानेभञ्जाङ- ढाँडवेशी- सिस्नेरी सडक- सुनकोशी पुल, मोलुङदोभान- डाँडाजेरूङ- सिस्नेरी सडक, सिस्नेरी- मूलखर्क सडक, लिम्ती- बोलगाती चुली- श्रीचौर हुदै सदरमुकाम ओललढुंगा सडक, सिरिसे- टारकेराबारी- मजुवा पोखरी- चली सडक, सिल्खु- होक्से- लिखु पालिका- मझुवा भञ्‍जाङ हुदै माउर- सास्नालु- कुलबन- खिजिफलाटे सडक, शिरिसे- गाम्नाङ पोखरी- चुली सडक, घोराखोरी- विलन्दु- भोटेचौर- श्रीचौर सडक, चम्पादेवी ७ कोलचौर, खड्का गाउँ- मोटरबाटो, चम्पादेवी पालिका केन्द्रदेखि भागेचित्रे हुदै गोपि आचमारा- बासमोटे- फेदिगुठ सडक, दुब्ले- फलाटे- थारे- बन्से- सिरूपानी- साल्मे- छेर्मादिङ- फाप्रे हुदै खिजिफलाटे सडक, टाडी खेतसम्म सडक निर्माण, मानेभञ्जाङ- ठुलीवेशी- बानखा सडक, मानेभञ्जाङ ८ कुम्लिङ- राधबपुर- मानेभञ्जाङ् सडकको स्तरोन्‍नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

सडक पुल निर्माणतर्फको प्रतिवद्धताः

सुनकोसी नदी पुल (बलखु- फिक्कल- सिन्धुली जोड्ने), खिजिदेम्वा- चोक्तिखोला सडक पुल, मोलुङ खोला पुल, चिशंखुगढी- बाङ्गेखोला मोटरेवल पुल, पारा दोभान सडक, खिजिदेम्बा- साल्मे- घुन्सा जोड्ने मोलुङ् खोला पुल,  सिरूवानी खोला, मोलुङ ६ सडक पुल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

कृषि तथा पशु विकासतर्फको प्रतिवद्धताः

जिल्लाका ८ वटै पालिकाको केन्द्रमा कृषि बजार, एकिकृत सेवा केन्द्र, कृषि तालिम केन्द्र स्थापना गर्ने, कृषि उपजलाई बजारसम्म पुर्‍याउन एक पालिका एक कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, एक पालिका एक चिस्यान केन्द्र स्थापना गर्ने, खस्रे, सोलाघर, गैरी, पात्ले, जन्तरखानी, बर्नालुलगायत माथिल्लो क्षेत्रमा परम्परागत रूपमा गरिदै आएको बुङको आलु खेतीलाई ब्राण्डको रूपमा विकास गर्न बजार विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

शिक्षा, मानव पूर्जी निर्माणतर्फको प्रतिवद्धताः

एक स्थानीय तह एक स्रोत साधन सम्पन्‍न क्याम्पसको स्थापना गर्ने, भवन अभाव भएका विधालयमा सुविधा सम्पन्‍न आधुनिक भवन निर्माण गर्ने, दुर्गम क्षेत्रमा रहेका विधालयमा स्कुल बस तथा छात्राबासको व्यवस्था गर्ने, प्रत्येक विधालयमा बाल उधम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

स्वास्थ्यतर्फको प्रतिवद्धताः

जिल्लाका ८ वटै स्थानीय तहमा १५ शैया र जिल्लामा ५० शैयाका अस्पताल निर्माण सम्पन्‍न गर्ने,जिल्ला अस्पताल रूम्जाटारलाई आधुनिक अस्पतालका रूपमा विकास गर्ने, एम्बुलेन्स सेवा नभएका स्थानीय तहमा एम्बुलेन्स सेवा उपलब्ध गराउने, सिद्धिचरण नगरपालिकाको जन्तरखानी, विगुटार, मोलुङ, लिखु, चम्पादेवि र खिजिदेम्वाको माथिल्लो क्षेत्रमा पाइने जडिबुटीहरूको अनुसन्धान गरी प्रशोधन केन्द्र र ‌औषधी उत्पादन केन्द्र स्थापना गर्ने।

विधुततर्फको प्रतिवद्धताः

उज्यालो ओखलढुंगा निर्माण अभियानलाई पूर्णता दिन जिल्लाको ८ वटै स्थानीय तहको सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन।

पर्यटन, सँस्कृति र नागरिक एड्डयनतर्फको प्रतिवद्धताः

“पर्यटन पूर्वाधार, आर्थिक समृद्धिको आधार” भन्‍ने नाराका साथ चण्डेश्वरी विमानस्थलको निर्माण कार्य सम्पन्‍न गरी चण्डेश्वरी र रूम्जाटार विमान स्थल नियमित सञ्‍चालनमा ल्याउने, ओखलढुंगा सदरमुकाम बजारलाई मौलिक र नमुना सहरका रूपमा विकास गर्ने, थोलेदेम्वा महोत्सव, रूम्जाटार महोत्सव, पोकली झरना महोत्सवलगायतलाई निरन्तरता दिने,चम्पादेवी ककनी महोत्सव, लिब्जु महोत्सव आयोजना गर्ने, चिशंखुगढी सहितका गढी संरक्षण गर्ने प्रतिवद्धता गरेका छन।यसै गरी गुरूङले अम्बिरबाबु गुरूङ्गले पोकली झरना हुदै खिजिफलाटे बजार- देम्बाडाडा- ताक्लुङग- पिके पर्यटकीय पदमार्ग निर्माण गर्ने, पोकली, रातामाटे, सेप्ली, तीनछाँगेकीय झरनालाई पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटकीय हवको रूपमा विकास गर्ने, थोलेदेम्बा, चम्पादेवी ककनी मन्दिर, रूम्जाटार बौद्ध गुम्वा, श्रष्टा पार्क ओखलढुंगा, कोटगढी चिशंखुगढी, लिब्जु स्यालेवा पार्क मानेभञ्‍जाङ, किलखोरदिङ गुम्वा, नर्मदेश्वर मन्दिर, झार्कीस्थान, सिंहदेवी, भौरमथान, सर्नेश्‍वर शिवालय मालिंगेजस्ता धार्मिक तथा पर्यटकिय स्थलहरूको पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन गर्ने, ओखलढुंगा विगुटार, राँगादिप, सेफ्ली हुदै तालकोट, छेर्मादिङ, दोराखर्कबाट देम्बा हुदै पिकेबाट झाप्रे हुदै धाप जोड्ने शेर्पा कल्चरल ट्रेल निर्माण गर्ने प्रतिवद्दता व्यक्त गरेका छन।

खानेपानी र सिंचाईतर्फको प्रतिवद्धताः

सुनकोशी, दुधकोशी र लिखु किनारामा नदी कटानका कारण क्षती भउका खेती योग्य जमिनहरूलाई पहिलाकै अवस्थामा ल्याउन तटवन्ध निर्माण गर्ने, सिम्लेबेसी, माटेबेसी, ठुलीबेसी सिकापु सिंचाई योजना व्यवस्थित रूपमा निर्माण गर्ने, मोलुङ लिफ्टिङ आयोजनालाई पूर्णता दिने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन।

यसैगरी गुरूङले जिल्लाको समग्र विकासका लागि एक स्थानीय तह एक उधोग ग्रामको विकास गर्ने, एक स्थानीय तहमा एक प्रदेश स्तरीय खेल मैदान निर्माण गर्ने एक वडा एक खेल मैदान निर्माण गर्ने, युवा स्वरोजगारका लागि उधमशीलता तालिम, कौशल विकास केन्द्र, इन्टरनेट/डिजिटल रोजगारी सञ्‍चालन गर्ने, महिलाका लागि आत्मनिर्भरता र सशक्तिकरण कार्यक्रम सञ्‍चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

वि.सं.२०८२ फागुन १७ आइतवार १२:३२ मा प्रकाशित

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...

यदि छबिलाल ‘प्रचण्ड’ नभएको भए के हुन्थ्यो?

यदि छबिलाल ‘प्रचण्ड’ नभएको भए के हुन्थ्यो?

त्यसैले सोचेर मत दिनुहोस्। भविष्य सम्झेर मत दिनुहोस्। आफ्नो मत...