back
CTIZAN AD

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

वि.सं.२०८२ फागुन ८ शुक्रवार

3.3K 

shares

 

काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत ‘उडी जाने बनको चरी’ सार्वजनिक भएको छ । गायक बिसु गुरुङ र गायिका शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत फागुन १ गते प्रिमियर गरिएको हो । गीतले सार्वजनिक भएको छोटो समयमै बढी भ्युज बटुलेको छ ।

‘उडी जाने बनको चरी’ मा कृष्ण गुरुङ, बिसु गुरुङ र नेत्र जी पन्तको शब्द रहेको छ भने संगीत बिसु गुरुङकै रहेको छ । जुझु गुरुङले एरेञ्ज गरेको गीतलाई हेमराज डाँगीले मिक्स तथा मास्टरिङ गरेका हुन् । गीत महक स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा आयुष्मा मगर, आलोक अर्याल र आशिष अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा आलोक अर्याल देखिएका छन् । छायांकन दिनेश बिष्टले गरेका हुन् भने कोरियोग्राफी आशिष अर्यालले गरेका छन् । सम्पादन तथा कलर मिराज अर्यालले गरेका छन् ।

गीतको कथा तथा निर्देशन पनि मिराज अर्यालले गरेका हुन् । निर्माण बिसु गुरुङले गरेका छन् भने पोस्ट–प्रोडक्सन रिमा फिल्म्सले गरेको छ ।

मौलिक लोकदोहोरी स्वाद बोकेको ‘उडी जाने बाँको चरी’ले प्रेम, भावना र ग्रामीण परिवेशको कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । दर्शक तथा श्रोता माझ गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ ।

वि.सं.२०८२ फागुन ८ शुक्रवार २०:५७ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...