वाई वाई ग्लोकल टिन हिरो २०१८ उपाधि प्रशंसा केसीले जितेकी छिन् । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच केसीलाई यो उपाधि प्रदान गरिएको हो । देशभरिका ५ सय ३२ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टसँगै कार्यक्रमका निर्णयकले वाईवाई ग्लोकल टीन हिरोको उपाधि सँगै ट्रफी हस्तान्तरण गरेका थिए ।
यो वर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट कुल ५ सय ३२आवेदन आएको थियो । आवेदकहरुले आफू समाज सेवा, पत्रकारिता, कम्प्युटर, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाटआफ्नो कौशलता देखाएका थिए ।
वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
संयुक्त राष्ट्र संघको विकास परियोजना (यूएनडीपी) का नेपालका लागि कण्ट्री निर्देशक रेनाउद मेयर, वैद्यज अर्गनाइजेशनका सुरज वैद्य, सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपौल मजुम्दार, प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकारी रञ्जित आचार्य, ज्योति समूहका प्रमुख ब्राण्डिङ अधिकारी सृजना शाक्य जोशी, कोकाकोला नेपालका कण्ट्री म्यानेजर अम्बुज सिंह र ग्लोकल प्राइभेट लिमिटेडकी महाप्रबन्धक एलिना प्रजापति उक्त प्रतियोगिताका दागि यस वर्षको निर्णायक मण्डलमा रहेका थिए ।
सामाजिक कार्य, बालअधिकारकर्मी, कम्प्युटर प्रोग्रामिङ, विज्ञान, पत्रकारिता, प्रविधि, र उद्योमीजस्ता विविध क्षेत्रमा आफ्नो योगदान दिएका १३ देखि १९ वर्षसम्मका युवालाई यस प्रतियोगितामा समावेश गरिन्छ । वाइवाइले मुख्य प्रयोजन गरेको कार्यक्रमलाई सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, नेपाल टुरिजम बोर्ड, यूरोपियन युनियन, यूएनडीपी, सोल्टी क्राउन प्लाजा, कोकोकोला नेपाल, पञ्चकन्या समूह, वैद्यज अर्गनाइजेशन, होण्डा नेपाल, टर्किश एयरलाइन्स, यती एयरलगायतले सहयोग गरेका थिए । ग्लोकल प्राइभेट लिमिटेडले विगत ४ वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
वि.सं.२०७५ भदौ १८ सोमवार १२:४१ मा प्रकाशित
























