back
CTIZAN AD

आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै अस्थायी शिक्षक आन्दोलन

वि.सं.२०७३ कात्तिक ३ बुधवार

798 

shares

३ कात्तिक,काठमाडौँ। अस्थायी शिक्षकले आफूलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै आज पनि आन्दोलनका कार्यक्रमलाई यथावतै राखेका छन् ।

अस्थायी शिक्षक सङ्घर्ष समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्नेलगायतका माग राखी आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका हुन् ।

समितिले ६० वर्ष पुगी अवकाश प्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायिका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ ।

समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भन्नुभयो–“शिक्षा ऐन (आठौँ संशोधन) ले अस्थायी शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन । त्यसैले उक्त ऐनलाई पुनः संशोधन गर्नुपर्छ ।”

उहाँले गुणस्तरीय शिक्षाका लागि अस्थायी शिक्षकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै सरकारले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरी शिक्षामा गुणस्तर ल्याउन नसकिने बताउनुभयो ।

लामो समयदेखि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै समितिले मङ्गलबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।

शिक्षा ऐन(आठौँ संशोधन) ले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ ।

यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरूले खाली हात बिदा हुनुपर्ने प्रावधान छ । लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०९:४३ मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...