back
CTIZAN AD

ट्रम्पको चीन भ्रमण अन्योलमा

वि.सं.२०८२ चैत ४ बुधवार

327 

shares

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ । बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने मौनता अपनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी रहेको बताए । यद्यपि उहाँले मिति वा औपचारिक तालिकाबारे कुनै स्पष्ट जानकारी दिन अस्वीकार गरे ।

सुरुमा मार्च ३१ देखि तय गरिएको यो भ्रमण अमेरिका–चीनबीच बढ्दो रणनीतिक र व्यापारिक प्रतिस्पर्धाको सन्दर्भमा निकै महत्त्वपूर्ण मानिएको थियो । विशेषगरी ट्रम्प प्रशासनको आक्रामक भन्सार (ट्यारिफ) नीतिले दुई देशबीचको सम्बन्ध थप जटिल बनाएको छ ।

तर, मध्यपूर्वमा सुरु भएको युद्धले उक्त योजना अवरुद्ध भएको छ । ट्रम्पले मङ्गलबार आफ्नो चीन भ्रमण ‘पाँच वा छ हप्ता’ भित्र हुने सङ्केत गर्नुभएको थियो । यसअघि आइतबार उहाँले होर्मुज जलडमरूमध्य खुलाउन चीनले सहयोग गर्ने वा नगर्ने कुराले भ्रमणको मिति निर्धारणमा असर पार्न सक्ने बताउनुभएको थियो ।

तेहरानमा अमेरिकी–इजरायली आक्रमणपछि इरानले उक्त रणनीतिक जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ । यसले विश्व ऊर्जा आपूर्ति र कूटनीतिक समीकरणलाई थप संवेदनशील बनाएको छ । ट्रम्पले त्यसको भोलिपल्ट भ्रमण ढिलाइ हुने सम्भावना स्वीकार्दै युद्धकै कारण आफूलाई अमेरिकामै रहनुपर्ने अवस्था रहेको स्पष्ट पारेका थिए ।

चीनले भने आफ्नो परम्परागत अभ्यासअनुसार उच्चस्तरीय भ्रमणहरूको मिति अग्रिम रूपमा सार्वजनिक नगर्ने नीति कायम राख्दै यसबारे औपचारिक पुष्टि नगरेको जनाएको छ । समग्रमा, वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले अमेरिका–चीन सम्बन्धको उच्चस्तरीय संवादलाई समेत अनिश्चित बनाएको देखिएको छ ।(रासस/एएफपी)

वि.सं.२०८२ चैत ४ बुधवार १५:५३ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...