back

पाटन अस्पतालमा दैनिक झण्डै दुई हजार बिरामी

वि.सं.२०७५ असोज १ सोमवार

522 

shares


सञ्चिता घिमिरे
१ असोज, ललितपुर । पाटन अस्पतालमा बिरामी आउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

दुई वर्षपहिलेको तुलनामा अहिले बिरामी आउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । तर बिरामीको सङ्ख्या बढ्दै गए पनि त्यसअनुसारको पूवाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ ।

दुई वर्षपहिलेसम्म दैनिक झण्डै एक हजार तीन सय हाराहारीमा बहिरङ्ग सेवा (ओपिडी) मा बिरामी आउने गरेका थिए । अहिले यो सङ्ख्या झण्डै दुई हजारको हाराहारीमा छ । अस्पतालका अरू किसिमका सेवा लिन आउने बिरामीको पनि सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।

देशभरबाट आउने बिरामीको सङ्ख्या बढ्दै गएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको उनको बुझाइ छ । सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ । उनले भने, “हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ ।”

सानो क्षेत्रफलमा भएको अस्पतालमा चारैतिर भवन बनिसकेका छन् । भवन बनाउन बाँकी खाली जग्गा कम मात्रै बाँकी रहेको निर्देशक शर्माले बताए । अस्पतालमा बिरामीको चाप बढ्दा अझै धेरै सेवा विस्तारको खाँचो छ । कतिपय भवन पुराना बन्दै गएकाले पनि नयाँ भवनको खाँचो रहेको उनले बताए । उनले भने, “तर अस्पताल परिसरमा नयाँ भवन बनाउन खाली जमीन ज्यादै कम छ ।”

अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । प्रसूति सेवा दिनेमा प्रसूतिगृहपछि यो अस्पताल काठमाडौँ उपत्यकाको नै दोस्रो भएको शर्माले बताए ।

काठमाडौँ उपत्यका र देशभरबाट नै सिफारिश भएर आएका बिरामी यहाँ आउने गरेका छन् । उनले भने “प्रसूति सेवामा झन् ह्वात्तै बढेको छ ।” अस्पतालले परोपकार कोष स्थापना गरेको छ । जसबाट गरीब सेवाग्राहीलाई निःशुल्क उपचार हुँदै आएको छ ।

अस्पतालमा छिटो सेवा लिन चाहने बिरामीका लागि निजी क्लिनिक रहेको छ । निजी क्लिनिकबाट भएको नाफाबाटै निजी क्लिनिक सञ्चालन हुने गरेको हो ।

उनले भने, “खर्च गरेर पनि चाँडो सेवा लिन्छु भन्नेबाट महँगो शुल्क लिएर गरीब र असहायलाई निःशुल्क गर्नु हाम्रो उद्देश्य रहेको छ ।” निजी क्लिनिक र साधरण सेवामा दुवैमा सेवाको गुणस्तर उस्तै भए पनि निजीमा बिरामीले चाँडो सेवा पाउँछन् । कतिपय बिरामीलाई सघन उपचार कक्षमा समेत निःशुल्क उपचार गरिएको निर्देशक शर्माले बताए ।

अस्पतालको सघनउपचार कक्ष सधैँ भीडभाड हुने गरेको छ । भुइँमा नै राखेर पनि उपचार गरिँदै आएको निर्देशक शर्माले बताए । उनले भने, “हामीले जसरी सक्छौँं, त्यसो गरेर नै उपचार गरिरहेका छौँ ।” उपचार नै नगरी बिरामीलाई फिर्ता नगरिएको उनको भनाईछ ।

सबै खालका बिरामीलाई समान व्यवहार गर्ने उद्देश्य रहेको अस्पतालले जनाएको छ । पैसा हुने र नहुने कोही पनि बिरामी उपचार नपाएर फर्कन नपर्ने उनको दाबी छ । उनले भने, “भुइँमा राखेर लगाएर पनि उपचार गर्ने तर बिरामीलाई फर्काएर नपठाउने हाम्रो उद्देश्य छ ।”

वि.सं.२०७५ असोज १ सोमवार १९:४६ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...