back
CTIZAN AD

नेपाल शिक्षक महासङ्घगोरखाको अध्यक्षमा भट्ट

वि.सं.२०७५ असोज ७ आइतवार

621 

shares

७ असोज, गोरखा । नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन भएका छन् । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु मरहठ्ठा, उषा थापा र अनिल कुँवर चयन गरेको नवनिर्वाचित अध्यक्ष भट्टले जानकारी दिएका छन् । शिक्षक हकहित र अधिकारका लागि साझा आवाज उठाउनका लागि जिल्लामा महासङ्घको गठन भएको नवनिर्वाचित अध्यक्ष भट्टले बताए ।

शिक्षक युनियनको खारेजीपछि निर्माण गरिएको महासङ्घको जिल्ला नेतृत्वसँगै प्रदेश र सङ्घका प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । भेला एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी सङ्गठनको आयोजनामा सम्पन्न भएको हो ।

वि.सं.२०७५ असोज ७ आइतवार ०९:४३ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...