back
CTIZAN AD

बलात्कारीलाई पाँच वर्ष कैद र रु एक लाख जरिवाना

वि.सं.२०७५ असोज ११ बिहीवार

579 

shares

११ असोज, गाईघाट । बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । आफ्नै छिमेकी ३३ वर्षीया एक महिलालाई राति बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो ।

विसं २०७४ फागुन २४ गते घरमा कोही नभएका बेला कोठामा गएर राईले ती महिलालाई बालात्कार गरेका थिए । पीडितले गत चैत १ गते निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०९:०८ मा प्रकाशित

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज...

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने...