back
CTIZAN AD

विष्णुपुकारको संयोजकत्वमा १५५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

वि.सं.२०८२ फागुन ६ बुधवार

2.9K 

shares

नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह बाहक उम्मेदवारहरुलाई आगामी निर्वाचनमा बिजयी गराउन १५५०१ बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन भएको छ ।

बामबुद्विजीवी एवम् चिनका लागि पूर्व राजदूत विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा बनाइएको उक्त समितिको सहसंयोजकमा प्रेमलकुमार खनाल, सचिवमा कृष्ण केसी रहेका छन् ।

मूल समितिमा बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघहरु, ईन्जिनियरिङ एशोशिएशन, कानुन व्यवसायी संगठनका केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु रहेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

मूूल समितिको कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । उक्त सचिवालयको संयोजकमा  विष्णु पुकार श्रेष्ठ, सहसंयाेजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी, आर्थिक परिचालन संयाेजकमा लक्ष्मी प्रसाद पन्त र सदस्यहरु मा प्रा .डा, गाेविन्द सुवेदी, समर नेपाल, सि. ढकाल, प्रा डा शिवशरण महर्जन, डा. विसि शर्मा, डा. टिपि शर्मा, नीलकण्ठ तिवारी, कृष्णप्रसाद भण्डारी, एस गुरुङ, एन पाेख्रेल ,रामकुमार वान्तवा, एसआर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषाेत्तम लामिछाने ,कृष्णमान श्रेष्ठ, प्रभा बज्राचार्य, सुशील ढुङ्गाना, एन खत्री प्रदिप राई, शरणकुमार गुरुङ, सरिना गुरुङ, अर्जुन श्रेष्ठ, ओमनारायण श्रेष्ठ, मणिरत्न श्रेष्ठ , डिएन रावल, एमवी भट्ट, एलए चौलागाईं ,सिआर कार्की, एल आर लुंगेली,दिपेन्द्र खडका ,के आर जाेशी, शंकर अधिकारी, रमेश रुपाखेती, पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत,, मंगल महर्जन, उमेश गौतम, आरवि गुरुङ, रमेश प्रसाद मैनाली, गाेपाल श्रेष्ठ, दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी, गाेपाल सिंह, डा. बिष्णु हरि पण्डित र अन्जु शाह रहेका छन् ।

मूल समितिले देशभरका बुद्धिजीवी एवम् पेशाकर्मीहरुमा एक अपिल प्रकाशित गरेको छ । अपीलमा मुलुकमा युगान्तकारी परिवर्तन गरेर गणतन्त्र, समावेशी लोकतन्त्र, जनताका मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ खानेपानी, खाद्यान्न, सामाजिक सुरक्षा, रोजगारीका अधिकारलाई संबैधानिक रुपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका रहेको र अब देशमा उत्पादन र रोजगारी बृद्वि गर्न समाजवादी क्रान्ति गर्न आवश्यकता रहेकोमा जोड दिइएको छ । नेपाली कम्युनिस्ट पार्टीले जनसमक्ष ल्याएको प्रतिबद्धता पत्रले राष्ट्र र जनताका अभिभारा पुरा गर्ने संकल्प गरेको छ । देशमा नवउदारवादी अर्थनीतिले गरिबी, बेरोजगारी, आय असमानता, आर्थिक शोषण गरेर देशको आर्थिक विकासलाई पछाडि धकेल्ने काम गरेको उल्लेख छ ।

अतः नेपाली कम्युनिस्ट पार्टीले अगाडि सारेको प्रतिबद्धता पत्रका आधारमा राष्ट्रियता स्वाधीनता र लोकतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा उत्पादन, रोजगारी बृद्वि गरिफ समाजवादको आधार निर्माण गर्ने संकल्प गरेको हुँदा १६४ वटै निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरुलाई बिजयी गराउन देशभरका शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, श्रमिक, कर्मचारी, कानुन व्यवसायी, पत्रकार लगायतका बुद्धिजीवी एवं पेशाकर्मीहरु विच अपिल गरिएको छ ।

यस्तै मूल समितिले आगामी फाल्गुन ९ गते , शनिबार दिनकाे १.३० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, डाक्टर दीपेन्द्र बहादुर क्षेत्री, प्रा. डा. खगेन्द्र प्रसाईं, डा मिना पौडेल लगायतका बक्ताहरुले प्रतिबद्धता पत्रमा विवेचना गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उक्त कार्यक्रममा काठमाडौ उपत्यकाका समस्त बुद्धिजीवी, पेशाकर्मीहरु र पत्रकार महानुभावहरुलाई सक्रिय सहभागीताका लागि समितिको तर्फबाट अनुरोध गरिएको छ ।

वि.सं.२०८२ फागुन ६ बुधवार २१:२६ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...