back
CTIZAN AD

बौद्धिक सृजनशिलता बढाउन नेता हितमानको आग्रह

वि.सं.२०८२ फागुन ७ बिहीवार

3.5K 

shares

काठमाडौँ । बौद्धिक सृजनशिलता र रचनात्मकताको माध्यमबाट निर्वाचनमा सक्रिय हुन बुद्धिजीवीहरुलाई आग्रह गरिएको छ ।

नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेशद्धारा आयोजित निर्वाचन केन्द्रीत भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हितमान शाक्यले चुनावको मुखमा चुनाव केन्द्रीत बैठक आयोजना गरी वस्तुवादी रिपोर्ट सुनाएकोमा उनले संगठनको सराहना गरे । बैठकको प्रमुख अतिथि रहेका उनले स्टण्टबाज र यथास्थितिबादसँग समाजवादीधारा भिडिरहेको अवस्थामा बुद्धिजीवीहरु पुरै रुपमा थप सक्रिय हुन निर्देशन दिए ।

कार्यक्रममा बिशिष्ट अतिथि रहेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कुमार पौडेलले चुनाव कार्यनैतिक बिषय भएपनि यतिबेला रणनैतिक महत्वको युद्ध जस्तो भएकोले बौद्धिक कन्टेन्टहरु प्रचार प्रसार गर्न जरुरी रहेको बताए । उनले भूराजनीतिक संवेदनशिलता बुझेर परिस्थीतीको सहि संश्ंलेष्ण गर्न बुद्धिजीवीहरुले ध्यान दिनुपर्ने बताए । बैठकमा बिशेष अतिथि रहेका सो संगठनको केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले संगठनको गरिमा, ओज र मर्यादा बढाउन बैचारिक लेख, अन्तर्वार्ता र अभियानका माध्यमबाट पनि सक्रिय हुन आग्रह गरे । बैठकका अतिथि संगठका केन्दीय उपाध्यक्ष तथा बागमति ईन्चार्ज कृष्ण कोपीलाले बागमतिको सकल पंक्ति निर्वाचनमा जोडिएर सक्रिय रहेको बताउदै निवार्चन पछि समग्र मूल्यांकन हुने बताए । संगठनका केन्द्रीय सचिव तथा बागमति सहईन्र्चाज भरत गौतमले काम गर्ने र कुरा गर्ने प्रवृति मध्ये क्रान्तिकारी बुद्धिजीवीहरु कामको पक्षमा सक्रिय हुने बताउँदै उपस्थितलाई स्वागत गरेका थिए ।

संगठनका वागमति अध्यक्ष बसुराम रिजालको अध्यक्षता र सचिव भूमिराज आलेमगरको संचालनमा सम्पन्न सो बैठकमा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष तथा काठमाण्डौ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार कल्पना शर्मा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ, सचिव एकनारायण काफले, कोषाध्यक्ष डा भिमा ढुंगाना सहितका केन्द्रीय सदस्यहरु, पदाधिकारी टिम र बागमतिको १३ जिल्लाका ६६ सहभागि रहेको सो बैठकमा ओमकार पाण्डे, डा गण्ोश धमला, होमनाथ कोईराला, राजन बास्तोला, मोतीराम न्यौपाने, नारायण बुढाथोकी, तीर्थ पन्त, चिनिमाया बल, गोपाल श्रेष्ठ, दीर्घ नारायण भटराई, मन प्रसाद घिमिरे, गोबिन्द खनाल, रुद्र लोचन नेपाल, राजन बास्तोला,सानु शाक्य, राजेश घिमिरे,ईन्द्रमणि शर्मा, राजकपुर नापित,प्रकाश नेपाल, तीलक पाण्डे, प्रकाश महर्जन लगायतका बुद्धिजीवीहरुले रिपोटीङ सहितका सुझावहरु राखेका थिए ।

बैठकमा संगठनको बागमति प्रदेशका उपाध्यक्ष मनप्रसाद घिमिरेले प्रत्यक्षतर्पmका उम्मेदवार रहेका संगठनका केन्द्रीय उपाध्यक्षद्धय कल्पना शर्मा काठमाण्डौ ५ र जीत राना सुर्खेत तथा काठमाण्डौ ६ र ७ का हिमाल शर्मा र बसन्त मानन्धरलाई जनही २५ हजारका दरले १ लाख सहयोग हस्तान्तरण गरेको बताइएको थियो ।

यसअघि सो संगठनले नीलकण्ठ तिवारीद्वारा लिखित र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा बिमोचित देशैभर चर्चित गीत ‘एकताको सन्ंदेश छ सारामा, भोट हालौं यो पटक तारामा’ सार्वजनिक गरेको थियो ।

 

वि.सं.२०८२ फागुन ७ बिहीवार ०८:५० मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...