back
CTIZAN AD

जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा

वि.सं.२०७५ असोज ११ बिहीवार

573 

shares

११ असोज, जाजरकोट । जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र विगत १८ वर्षदेखि बन्द छ ।

विश्व वन्यजन्तु कोष नेपाल, बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा रु १९ लाखमा स्थापना गरिएको सो केन्द्र दुई वर्षसम्म मात्र सञ्चालनमा आएको थियो । जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्ने गरिएको थियो । जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो ।

जडीबुटी प्रशोधन गर्ने क्रममा वन जङ्गल मासिन थालेपछि इन्धनको अभावका कारण प्रशोधन केन्द्र बन्द भएको थियो । उद्योग सञ्चालन गर्न स्थानीय तहले चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्व गाविस सचिव कालीप्रसाद खत्रीले बताए । “थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो, अहिले जडीबुटी अन्यत्र लैजाँदा समस्या भएको छ,” जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भने ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा बन्द प्रशोधन केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको बताए । “आवश्यक उपकरणको व्यवस्था गरी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले भने । केन्द्र सञ्चालनमा आए जडीबुटी सङ्कलक र व्यापारीले पर्याप्त आम्दानी गर्नसक्ने छन् ।

वि.सं.२०७५ असोज ११ बिहीवार १३:४३ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...