back
CTIZAN AD

उद्योग वाणिज्य महासङ्घको अध्यक्षको निर्वाचन नहुने

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

855 

shares

५ कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेको छ ।

महासङ्घको विहिबार आयोजित विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान संशोधन सर्वसम्मतले पारित गरेको अध्यक्ष पशुपति मुरारकाले राससलाई बताउनुभयो ।

विधानको यो संशोधनसँगै अब उप्रान्त अध्यक्षको निर्वाचन नहुने र मुलुकभरका प्रतिनिधिबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष नै एक कार्यकालपछि स्वतः अध्यक्ष बन्नेछ ।

यसअघि महासङ्घमा अध्यक्ष निर्वाचित हुने र वरिष्ठ उपाध्यक्ष केन्द्रीय समितिले चयन गर्ने प्रावधान थियो । यसबाहेक साधारणसभाले संविधानको सङ्घीय संरचनाअनुसार केन्द्रको मातहतमा सातै प्रदेशमा महासङ्घको इकाइ रहने व्यवस्थासमेत पारित गरेको उहाँले बताउनुभयो ।

विधान संशोधनसँगै हाल वरिष्ठ उपाध्यक्ष रहनुभएकी भवानी राणा आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ ।

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:३३ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...