५ कात्तिक, कपिलवस्तु । अज्ञात समूहको गोली प्रहारवाट एक व्यवसायी घाइते भएको छ ।
घाइते हुनेमा कपिलवस्तु नगरपालिका–१४ गोपालपुरका किरना पसल सञ्चालक राधेश्याम गुप्ता रहेको छ ।
तीन चारजनाको समूहमा आएका अज्ञात व्यक्तिले विहिबार साँझ प्रहार गरेको गोली व्यवसायी गुप्ताको तिघ्रामा लागेको प्रहरीले जनाएको छ । गुप्ताको तौलिहवस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सो घटनामा संलग्न हुनेहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस