back
CTIZAN AD

बालिकालाई भारत लैजान खोज्दा दुई पक्राउ

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

831 

shares

५ कात्तिक, कावासोती । बाँकेको रुपैडिया नाकाबाट बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा देवचुली–१३ नवलपरासीका नुमाकान्त भुसाल र बाँकेकी शिवा भुसाल रहेका छन् । नवलपरासी मध्यबिन्दु–७ का दुई बालिकालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले दुबै जनालाई प्रक्राउ गरेका हुन् ।

पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाएको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उनीहरुलाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

नुमाकान्त भुसाल दाङ–दिल्ली बस चलाउने चालक हुन् । उनले कक्षा ७ र १० कक्षामा पढ्ने बालिकामध्ये एउटालाई कपाल काटेर केटाको भेषमा र अर्कोलाई केटीकै भेषमा भारत लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । दुबै बालिकालाई अभिभावको जिम्मा लगाइकाृ प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:३६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...