Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बालिकालाई भारत लैजान खोज्दा दुई पक्राउ



५ कात्तिक, कावासोती । बाँकेको रुपैडिया नाकाबाट बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा देवचुली–१३ नवलपरासीका नुमाकान्त भुसाल र बाँकेकी शिवा भुसाल रहेका छन् । नवलपरासी मध्यबिन्दु–७ का दुई बालिकालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले दुबै जनालाई प्रक्राउ गरेका हुन् ।

पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाएको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उनीहरुलाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

नुमाकान्त भुसाल दाङ–दिल्ली बस चलाउने चालक हुन् । उनले कक्षा ७ र १० कक्षामा पढ्ने बालिकामध्ये एउटालाई कपाल काटेर केटाको भेषमा र अर्कोलाई केटीकै भेषमा भारत लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । दुबै बालिकालाई अभिभावको जिम्मा लगाइकाृ प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ