back
CTIZAN AD

पराजुलीको ‘बखान’ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

288 

shares

स्याङ्जा । युवा लेखक, पत्रकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो ।

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ ।

पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले बखान उपन्यास बखानसिंह गुरुङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए । ‘बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्वीर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ’ समीरले भने – ‘चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।’

कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए । चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरुङले पु¥याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए ।

कार्यक्रमलाई कवि, निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि ‘कुमाताझ’, मोम्चोझ र ’ड्रीमी आइजझ कथासङ्ग्रह प्रकाशित छन् ।

 

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:१३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...