back
CTIZAN AD

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

420 

shares

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा दुईदिने ‘होमस्टे मार्ट’ सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) को सहआयोजनामा मार्ट आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार मार्टका क्रममा बन्दीपुर र आपसका पर्यटकीयस्थलका साथै रुम्सी होमस्टे, रामकोट होमस्टे, सिद्ध गुफालगायत स्थानको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीलाई भ्रमण गराइएको थियो ।

मार्टका माध्यमबाट बन्दीपुर ग्रामीण पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबाबु थापाले बताए । बन्दीपुर भ्रमण वर्ष २०२५पछि पुनः बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष घोषणा गरिएकोभएका अवस्थामा मार्ट यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

मार्टमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटा जिल्लामध्ये म्याग्दीबाहेक सबै जिल्लाका २९ वटा होमस्टेका प्रवद्र्धनकक्ष समावेश छन् । गाउँ पर्यटनसम्बन्धी विभिन्न विषयमा छलफलका पनि आयोजना भएका छन् ।

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:२४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...