back

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

591 

shares
IME Limited
NTC AD

५ कात्तिक, धनगढी । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव विहिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पु¥याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको देखिएपछि आफन्तले प्रहरीलाई उजुरी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमती र सालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:३८ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...