Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

घाइते वन्यजन्तु उद्धारका लागि एम्बुलेन्स



५ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव बसोबास क्षेत्रमा प्रवेश गर्ने तथा घाइते वन्यजन्तु उद्धारका लागि ‘वन्यजन्तु उद्धार वाहन’ एम्बुलेन्स निर्माण गरेको छ ।

विश्व बैंकको क्षेत्रीय विकास सहायता अन्तर्गत एसियामा वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजनाको सहयोेगमा कोषले तयार गरेको उक्त वाहन शुक्रबार जिल्ला वन कार्यालय काठमाडौँलाई हस्तान्तरण गरिने छ ।

वन्यजन्तु उद्धारका लागि पहिलो चरणमा काठमाडौँ उपत्यकामा एक थान ‘वन्यजन्तु उद्धार वाहन’ हस्तान्तरण गरिने र आवश्यकताका आधारमा अरु तयार गर्ने योजना रहेको कोषका सदस्य सचिव डा गोविन्द गजुरेलले जानकारी दिनुभयो ।

पछिल्लो पटक राजधानीका घना बस्तीमा वरपरका जङ्गलबाट हुने चितुवाको प्रवेशले त्रास बढ्दै गएकाले उद्धारका लागि उक्त वाहन तयार गरिएको हो ।

मुलुकमा पहिलो पटक वन्यजन्तु उद्धारका लागि तयार गरिएको वाहनलाई उपत्यकाका तीनै जिल्लाका जिल्ला वन अधिकृत र सम्बन्धित सुरक्षाकर्मी सम्मिलित ‘वन्यजन्तु अपराध नियन्त्रण ब्युरो’ ले परिचालन गर्नेछ । हालसम्म मुलुकमा वन्यजन्तुको उद्धारका लागि कुनै पनि आधिकारिक निकाय नभएका अवस्थामा उद्धार वाहन वन्यजन्तु क्षेत्रका लागि नौलो सुरुआत भएको सदस्य सचिव गजुरेलको भनाइ छ । उहाँले भन्नुभयो, “उद्धार गरिएकामध्ये सामान्य अवस्थाका जनावरलाई प्राकृतिक बासस्थानमा लगेर छोडिनेछ र घाइतेलाई ललितपुरस्थित सदर चिडियाखानामा उपचार गरिनेछ ।”

हिलक्स कम्पनीको पिकअप भ्यानलाई वाहन बनाइएको हो । त्यसको पछाडिका भागमा वन्यजन्तुलाई राख्न मिल्ने खोर र वाहनमा उपचारको सामान्य व्यवस्था समेत गरिएको कोषले जनाएको छ । त्यसको हालको बजार मूल्य करिब रु ३५ लाख छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले ललितपुरको गोदावरीमा वन्यजन्तु उद्धार केन्द्र र चितवनमा वन्यजन्तु अस्पताल स्थापना गर्ने कार्य पनि अघि बढाइसकेको छ । ती संस्थाको अभावमा हाल घाइते वन्यजन्तुको उपचार सदर चिडियाखाना ललितपुर र उद्धार प्राकृतिक बासस्थान एवम् चिडियाखानामा काम चलाउका रुपमा गरिँदै आएको छ । ‘वन्यजन्तु उद्धार वाहन’ को उपयोगले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न पनि ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । रासस


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।