back
CTIZAN AD

घाइते वन्यजन्तु उद्धारका लागि एम्बुलेन्स

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1K 

shares

५ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव बसोबास क्षेत्रमा प्रवेश गर्ने तथा घाइते वन्यजन्तु उद्धारका लागि ‘वन्यजन्तु उद्धार वाहन’ एम्बुलेन्स निर्माण गरेको छ ।

विश्व बैंकको क्षेत्रीय विकास सहायता अन्तर्गत एसियामा वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजनाको सहयोेगमा कोषले तयार गरेको उक्त वाहन शुक्रबार जिल्ला वन कार्यालय काठमाडौँलाई हस्तान्तरण गरिने छ ।

वन्यजन्तु उद्धारका लागि पहिलो चरणमा काठमाडौँ उपत्यकामा एक थान ‘वन्यजन्तु उद्धार वाहन’ हस्तान्तरण गरिने र आवश्यकताका आधारमा अरु तयार गर्ने योजना रहेको कोषका सदस्य सचिव डा गोविन्द गजुरेलले जानकारी दिनुभयो ।

पछिल्लो पटक राजधानीका घना बस्तीमा वरपरका जङ्गलबाट हुने चितुवाको प्रवेशले त्रास बढ्दै गएकाले उद्धारका लागि उक्त वाहन तयार गरिएको हो ।

मुलुकमा पहिलो पटक वन्यजन्तु उद्धारका लागि तयार गरिएको वाहनलाई उपत्यकाका तीनै जिल्लाका जिल्ला वन अधिकृत र सम्बन्धित सुरक्षाकर्मी सम्मिलित ‘वन्यजन्तु अपराध नियन्त्रण ब्युरो’ ले परिचालन गर्नेछ । हालसम्म मुलुकमा वन्यजन्तुको उद्धारका लागि कुनै पनि आधिकारिक निकाय नभएका अवस्थामा उद्धार वाहन वन्यजन्तु क्षेत्रका लागि नौलो सुरुआत भएको सदस्य सचिव गजुरेलको भनाइ छ । उहाँले भन्नुभयो, “उद्धार गरिएकामध्ये सामान्य अवस्थाका जनावरलाई प्राकृतिक बासस्थानमा लगेर छोडिनेछ र घाइतेलाई ललितपुरस्थित सदर चिडियाखानामा उपचार गरिनेछ ।”

हिलक्स कम्पनीको पिकअप भ्यानलाई वाहन बनाइएको हो । त्यसको पछाडिका भागमा वन्यजन्तुलाई राख्न मिल्ने खोर र वाहनमा उपचारको सामान्य व्यवस्था समेत गरिएको कोषले जनाएको छ । त्यसको हालको बजार मूल्य करिब रु ३५ लाख छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले ललितपुरको गोदावरीमा वन्यजन्तु उद्धार केन्द्र र चितवनमा वन्यजन्तु अस्पताल स्थापना गर्ने कार्य पनि अघि बढाइसकेको छ । ती संस्थाको अभावमा हाल घाइते वन्यजन्तुको उपचार सदर चिडियाखाना ललितपुर र उद्धार प्राकृतिक बासस्थान एवम् चिडियाखानामा काम चलाउका रुपमा गरिँदै आएको छ । ‘वन्यजन्तु उद्धार वाहन’ को उपयोगले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न पनि ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:४० मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

काठमाडौं । अखिल नेपाल महिला संगठनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा...