back
CTIZAN AD

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

वि.सं.२०८३ साउन १४ बिहीवार

342 

shares

काठमाडौं । अखिल नेपाल महिला संगठनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय, उचित क्षतिपूर्ति तथा दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। संगठनका संयोजक दामा शर्मा र सहसंयोजक मुनु सिग्देलद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त माग गरिएको हो ।

विज्ञप्तिमा २०८३ साउन १० गते साँझ डीजे बजाउने विषयलाई लिएर दुई पक्षबीच सामान्य विवाद बढ्दै झडपमा परिणत भएको र स्थिति नियन्त्रण गर्नुको सट्टा प्रहरीले बल प्रयोग गर्दा एक युवकको मृत्यु तथा धेरै व्यक्ति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

संगठनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय, उचित क्षतिपूर्ति र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

विज्ञप्तिमा कर्फ्यु, बन्द, नाराजुलुसलगायतका कारण प्रभावित नागरिकको दैनिक जनजीवनलाई यथाशीघ्र सहज बनाउन सरकारसँग प्रभावकारी पहल गर्न आग्रह गरिएको छ।

संगठनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय समाज भएको उल्लेख गर्दै सबै नागरिकले एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्नुपर्ने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष संयमित बन्नुपर्ने आवश्यकता औँल्याएको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार १३:५२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...