back
CTIZAN AD

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८३ साउन १४ बिहीवार

132 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले सुनसरी घटनालाई सहज रुपमा समाधान गरी समाजमा सद्भाव कायम राख्नका लागि सम्बद्ध सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

उनीहरुलेृे सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम गर्नका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी, उनीहरुले मुलुकभर वर्षासहित आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनसहित क्षतिपूर्तिको प्रबन्ध गर्न, किसानलाई समयमै रासायनिक मल र बीउबिजनको व्यवस्था गर्न, बाँदर व्यवस्थापन गर्न र देशभर अवरुद्ध सडक यथासक्य छिटो खोली यातायात सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरे ।

शून्य समयमा सांसदहरू अप्साना बानु, अम्बिकादेवी सङ्ग्रौला, अर्जुनकुमार कार्की, अर्जुननरसिंह केसी, आशिका तामाङ, इन्दिरा रानामगर, एजिला गुरुङ, यशुदाकुमारी बराल, अङ्किता ठाकुर, कमल सुवेदी, करिश्मा कठरिया, कवीन्द्र बुर्लाकोटी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृपाराम राना, कृष्णहरि बुढाथोकी, खगेन्द्र सुनार, खडगबहादुर बुढा, खडग शाही, खिमा विक, गणेश धिमाल, गणेश पराजुली, गणेशबहादुर विश्वकर्मा, गीता गुरुङ, गीताकुमारी स्याङ्ताङ, गोविन्द पन्थी, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाललगायतले बोलेका थिए ।

वि.सं.२०८३ साउन १४ बिहीवार १४:०१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...