back
CTIZAN AD

कविता : बुद्ध विश्वास हो सच्चा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

561 

shares

कलानीधि दाहाल, रातोपुल, काठमाडौँ

बुद्ध विश्वास हो सच्चा भित्रसम्म पुगी बुझे
बुद्ध प्रकाश हो सच्चा नसानसा मिली सुझे ।
बुद्ध आस्था छ यो सच्चा मन स्फटिकमा हुँदा
बुद्ध मानवता अग्लो मनले मनमा छुँदा ।१।

तपोभूमि छ यो बुद्ध शुद्ध यात्रा हुनेभरि
समाधिमग्न ब्रह्माण्ड पवित्र दिलको झरी ।
कालाले हेर्नु बेकार कारमा ह्विकिने किरा
चाहे जति दिउन् दृष्टि तिनमा यी हुने जिरा ।२।

शान्त सौजन्य सौहाद्र्र सुधा संयमका मन
मनभित्र हुने गर्छ बुद्धत्व दिल धड्कन ।
जहाँ सागरका ज्वार बहेका छन् किनारमा
विश्व बन्धुत्व हो एक हुन्छन् बुद्धविचारमा ।३।

स्वार्थका साइना तन्तु छिनेका छन् जता दिल
छलका बाछिटा के हुन् थाहा छैनन् जता दिल ।
ठगका तारमा बार लागेका दिव्यका दिल
दिलभित्र पसी बुध्द बल्दछन् ज्योति झिल्मिल ।४।

सुके छाला सुके हड्डी सुके विचारका बल
बुझे यो जिन्दगी ह्वैन ज्ञानमा ज्ञान झल्मल ।
उठे हेरे छ जे सामु लिए खाए पचाउन
सक्नेसम्म गरे भोग तनभोग बँचाउन ।५।

ब्यापारका भए अग्ला सान शिखरका पति
नारीगमनमा उत्रे मस्ताना तन सम्पति ।
कुण्ठारहितमा पुग्दा विनिर्माण भयो मन
परिनिर्माणका यात्री धड्कियो बल्ल धड्कन ।६।

तन यो भोगका निम्ति भोग्नैपर्छ सके जति
खुला आकाशझैँ बन्दा देखिन्छन् दिव्य आकृति ।
त्यता अड्चन क्यै हुन्नन् गर्न बाँकी हुने कतै
जम्मै मान्छे हुने बुद्ध बुद्धत्वमा जताततै ।७।

बुद्ध ! बुद्ध !!तिमी बुद्ध बुद्धिका हौ महावली
न्यायसंस्थापनार्थाय गर्यौ खल्बल खल्बली ।
पानी प्यूँन दिदैदिन्न भन्ने विरुध्द राज्यमा
विद्रोहको बली ज्वाला पुग्यौ यो अविभाज्यमा ।८।

अरे यी स्यालका सामु कसरी गुण गाऊँ म
तिम्रो अन्तरको मर्म भ्रष्टलाई बुझाउँ म।
दरवार तिमी त्याग्छौ नपाई दरवार यी
आई लागी जथाभावी पक्रन्छन् तरवार यी ।९।

अहिँसा तिमी उफ्रन्छौ हिँसामा सुत्दछन् यिनी
बोधिवृक्ष तिमी खोज्छौ रक्तपिपाशु छन् यिनी।
तिम्रै उद्याम चेताको एउटै गर्छु चाहना
सरोस् उत्कर्षको चेत सुम्पन्छु शुभकामना ।१०।

छन्द : अनुष्टुप्

 

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:०३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...