Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

उद्योग वाणिज्य महासङ्घको अध्यक्षको निर्वाचन नहुने



५ कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेको छ ।

महासङ्घको विहिबार आयोजित विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान संशोधन सर्वसम्मतले पारित गरेको अध्यक्ष पशुपति मुरारकाले राससलाई बताउनुभयो ।

विधानको यो संशोधनसँगै अब उप्रान्त अध्यक्षको निर्वाचन नहुने र मुलुकभरका प्रतिनिधिबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष नै एक कार्यकालपछि स्वतः अध्यक्ष बन्नेछ ।

यसअघि महासङ्घमा अध्यक्ष निर्वाचित हुने र वरिष्ठ उपाध्यक्ष केन्द्रीय समितिले चयन गर्ने प्रावधान थियो । यसबाहेक साधारणसभाले संविधानको सङ्घीय संरचनाअनुसार केन्द्रको मातहतमा सातै प्रदेशमा महासङ्घको इकाइ रहने व्यवस्थासमेत पारित गरेको उहाँले बताउनुभयो ।

विधान संशोधनसँगै हाल वरिष्ठ उपाध्यक्ष रहनुभएकी भवानी राणा आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ ।


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल