back
CTIZAN AD

दैनिक १ लाखभन्दा बढी यात्रु दसैंका लागि बाहिरीदै

वि.सं.२०७५ असोज २६ शुक्रवार

552 

shares
file picture

२६ असोज, काठमाडौँ । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । “दशैँ लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन् ।’

असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् । महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १०:५० मा प्रकाशित

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान...

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर...

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा...

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

राँझा (बाँके) । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र...