back
CTIZAN AD

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

वि.सं.२०८२ फागुन २३ शनिवार

465 

shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १६ क्षेत्रमा विजयी भएकोे छ । बिहान ७ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०१ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् ।

आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौधरी बाँके ३ मा खगेन्द्र सुनार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।

त्यसैगरी नेपाली कांग्रेसले ४ क्षेत्रमा जित निकालेको छ । मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख १ मा बासना थापा र तेह्रथुममा सन्तोष लिम्बु विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।

नेपाली कम्युनिष्ट पा
र्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् ।

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:१० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...