back
CTIZAN AD

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

वि.सं.२०८३ असार १२ शुक्रवार

225 

shares

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।

सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् । राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि शुक्रबार बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ः१५ देखि १ः४० बजेसम्म उम्मेदवार बिरुद्ध दाबी बिरोध र उम्मेदवारी फिर्ता र बिहान १ः४० देखि ३ बजेसम्म निर्वाचन तथा मतदान प्रकृयाको तयारी गरिने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ३ः३० मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान ४ बजेदेखि १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ । आयोगले सबै प्रतिनिधि तथा सरोकारवालालाई तोकिएको समयतालिका अनुसार आवश्यक तयारीसहित सहभागी हुन आग्रह गरेको छ ।

वि.सं.२०८३ असार १२ शुक्रवार ०६:२६ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...