back
CTIZAN AD

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

वि.सं.२०८३ असार ३२ बिहीवार

222 

shares

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ ।

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् ।

पानी र अहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका लागि आवश्यक पर्ने पानी सङ्कलन गर्न पोखरी बनाइएको वन अधिकृत शान्तिकुमारी शाहीले जानकारी दिइन् ।

“पानी र अहारको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआऊन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ,” उनले बताइन् । “वनमै पानी र अहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।”

पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताए ।

बेनी नगरपालिका–५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका–३ बरंजाको भोटेखोला, धवलागिरि गाउँपालिका–३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानी–कालो सल्लेरी, मालिका गाउँपालिका–६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका–३ दानाको धुरीवन सामुदायिक वनमा पोखरी निर्माण भएको हो । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८/७९ मा १०, २०७९/८० मा छ, २०८०/०८१ मा १० र २०८१/०८२ मा पाँच वटा गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् ।

जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् ।

 

वि.सं.२०८३ असार ३२ बिहीवार ०७:२७ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...