back
CTIZAN AD

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

वि.सं.२०८३ साउन २० बुधवार

66 

shares

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैर कानुनी तबरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् ।

बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालतले कारणदेखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाएका छन् ।

संयोज सिंहले आफ्ना सहकर्मीहरुलाई गत साउन १२ गते माइतिघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरूविरूद्ध ‘अभद्र व्यवहारसम्बन्धि’को कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भने,“गृहमन्त्री सुदन गुरुङले गैरन्यायीक तरिकाले आफ्नो व्यक्तिगत प्रतिशोध साँध्नु भएको छ ।”

“उहाँ देशको गृहमन्त्री हो, गुण्डा हैन, कहिलेसम्म पावरमा रहनुहुन्छ हामी पनि हेरम्ला” सिंहले आक्रोश व्यक्त गरे ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले उनिहरुलाई जिल्ला प्रशानसन कार्यलयबाट दोस्रो पटक तीन दिनको म्याद थप गरेर अनुसन्धानका नममा गैरन्यायीक थुनामा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।

गिरफ्तार भएको भोलिपल्ट १३ गते नै सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण सम्बन्धि रिट हालेको र १४ गते अदालतले कारण देखाउ आदेश मागेको बताउँदै विकले भने,“यतिका दिनसम्म पनि बालने सरकार र सुदनजीको मन्त्रालय ‘कानमा तेल हालेर’ सुतेको छ ।”

अभियान्ता सुप्रिया नेपालीले पहिलो पटक पाँच दिन र दोस्रोपटक ३ दिनको म्याद थप गरी आफ्ना साथिहरुलाई विनाकारण दुःख दिइरहको बताउँदै, राजयलाई पूर्वाग्रही नहुन चेतावनी दिइन् ।
नेपालीले आफूहरुमाथि लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्ने आरोपको खण्डन गर्दै ‘पीडित जोसुकै भएपनि हाम्रो कर्तव्य भनेको न्यायका लागि सघाउने’ रहेको जिकिर गरिन् ।

“हामीहरुले समाजको शान्ति र अमनचयानमा खलल पार्ने भन्दा पनि राज्यलाई खबरदारी तथा पीडितको न्यायका लागि बोल्ने हो, तर राज्य हामीरुसँग डराइरहेको छ” नेपालीको कथन छ ।
उनले अदालतले कारणदेखाउ आदेश दिएको हप्ता दिन वित्दा समेत गृहमन्त्रालय र प्रहरी प्रशासनले दुःख दिने नियतकासाथ ढिलासुस्ति गरेकोप्रति आक्रोश व्यक्त गरिन् ।

वि.सं.२०८३ साउन २० बुधवार १६:४४ मा प्रकाशित

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...