back

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, दोहोरो संवाद गर्न सक्ने भए

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

474 

shares

१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उपचारका क्रममा रगत परीक्षणको रिर्पोटअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित रहेको बताइएको छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:०० मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...