back
CTIZAN AD

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

वि.सं.२०८३ जेठ ११ सोमवार

312 

shares

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ । पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनमा रहेको सो गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर आम्दानी गरेको हो ।

जेठको १० गते आइतबार मात्र गुफामा चार हजार ४७२ जना बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक र ११९ जना विद्यार्थी गरी कूल छ हजार ७८ जनाले टिकट काटेरे गुफाको अध्ययन अवलोकन गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।

गुफाभित्र ५०० मिटरमा अवस्थित प्रकृति निर्मित शिवमूर्तिको दर्शनसँगै लगभग १०० मिटरभित्र पुगेपछि देखिने पातले छाँगो (डेभिजफल) झरनाको दृश्यले पर्यटकको आकर्षण बढाएको बताउँदै उनले भने, “गुफा एउटा अलौकिक धार्मिक एवं पर्यटकीयस्थलको रूपमा विकास हुँदै आएको छ ।”

गुफा प्रवेशका लागि आन्तरिक पर्यटकका लागि रु ५०, बाह्य पर्यटकको लागि रु १०० र विद्यार्थीको लागि रु ३५ को टिकट व्यवस्था गरिएको छ । गुफाभित्र निर्माण गरिएको यान्त्रिक कामधेनु गाई र भक्तजनले चढाएको दानबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।

अध्यक्ष बास्तोलाले भने, “तीन दशकदेखि प्रचारप्रसारमा आएको गुफाको आम्दानीबाट गुफाको संरक्षण एवं प्रवद्र्धनसँगै शैक्षिक क्षेत्रमा लगानी गर्दै आएको छ । गुफाले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापना गरी सञ्चालन गर्दै आएको छ जुनक्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।”

गुफाको धर्मशाला हलमा गुरुकुल पनि सञ्चालन गर्दै आएको छ । जस गुरुकुलमा कक्षा ११ सम्मको पढाइ हुने गरेको हाल ४८ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् भने आसपासका सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गरेको छ । गुफाले वार्षिक रु छदेखि सात करोडसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ ।

गुफाको टिकटबाहेक कामधेनु गाई, भक्तजनले चढाएको दान, थप आम्दानीको स्रोत बनेको बताउँदै उनले भने गुफा परिसरमा मुस्ताङबाट ल्याइएको १००८ मिलोग्रामको शालिग्राम, बूढानीलकण्ठ मूर्तिका साथै गुफा प्रवेशस्थलमा निर्माण गरिएका नवग्रह आकर्षको रूपमा रहेका छन् ।

गुफा कार्यालय प्रमुख नारायण पौडेलका अनुसार पछिल्लो समय गर्मी बढेसँगै पोखरामा पर्यटकको चाप बढेको छ । पोखरा आउने पर्यटकले गुफा नआइकन फर्के भ्रमण अधुरो रहेको महसुस गर्न थालेको कारणले आकर्षण बढेको छ । छ हजार क्षेमताको गुफामा भीड बढेपछि व्यवस्थापन गर्न समेत धौधौ पर्ने गरेको उनको भनाइ छ ।

वि.सं.२०८३ जेठ ११ सोमवार १२:१८ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...