back

नेपालका जुनै विमान पनि थाइल्याण्ड जान पाउने

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

471 

shares

१६ कात्तिक, काठमाडौँ । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् ।

नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।
पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, कोअपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओर) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा भएको उक्त सम्झौताको औपचारिक जानकारी भने मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थाइल्याण्डको बैङ्ककमा दुई पक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् । यस्तै थाइ पक्षलाई काठमाडौँबाहेक नयाँ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न प्रेरित गर्ने भनिएको छ ।

दुवै पक्षले मालवाहक उडान गर्दा कुनै पनि प्रकारको सङ्ख्याको सीमा नतोक्ने, कन्ट्री कोडको आधारमा दुवै पक्षले तेस्रो मुलुकमा उडानको तालमेल मिलाउन सक्ने पनि समझदारी भएको छ ।

अब नेपालका वायुसेवा कम्पनीहरुले दुई वटा दक्षिण एशियाली, दक्षिण पूर्वी एशियाली र उत्तर पूर्वी एशियाली मुलुकमा मध्यस्थ विन्दुको रुपमा तथा दुई वटा दक्षिण पूर्वी एशियाली, उत्तर पूर्व एशियाली र प्रशान्त क्षेत्रका मुलुकमा गन्तब्यपछिको विन्दुको रुपमा पाँचाँै हवाई ट्राफिक अधिकार उपयोग गर्न पाउनेछन् ।
ग्राउण्डेड ‘अन्नपूर्ण’ उड्यो

यसैगरी कतारको दोहामा ग्राउण्डेड भएको नेपाल वायु सेवा निगमको वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमानले नियमित सेवा शुरु गरेको छ ।

प्राविधिक कारणले धावनमार्गमा करिब ६ घण्टा ग्राउण्डेड भएको उक्त विमान मर्मतपछि यात्रुलिएर काठमाडौ फर्किएको हो ।
प्राविधिक समस्याका कारण रोकिएको विमान काठमाडौँ फर्किएको निगमका सहप्रवक्ता शैलेश कंसाकारले जानकारी दिए।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १९:३५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...